‘कानून अनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य छैन’ « Khabarhub

‘कानून अनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य छैन’


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान र कानून अनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य नभएको बताएका छन् । 

शनिवार विराटनगरमा प्रेस चौतारी मोरङको ९ औँ अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सदन नचलेको बेला अध्यादेश ल्याउने संवैधानिक व्यवस्था रहेको भन्दै संविधान र कानुन अनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य नभएको बताएका हुन  ।

उनले सङ्घीय सरकार र प्रदेश सरकारले राम्रो काम गर्दागर्दै पनि केही मिडिया र सामाजिक सञ्जालमा विरोध गर्ने प्रवृत्ति बढेको गुनासो गरे । मुख्यमन्त्री कार्कीले वर्तमान गठबन्धन संविधान संशोधन, आर्थिक सुधार र सुशासन प्रत्याभूतिका लागि भएको स्पष्ट पार्दै एमाले र कांग्रेसबीचको सहमति मन नपराउने तत्त्वहरूले मिडिया र सामाजिक सञ्जालको दुरुपयोग गरेको टिप्पणी गरे । 

प्रदेश भरीका पत्रकारहरूको हकहितका लागि काम गर्ने गरी प्रदेश सरकारले आम सञ्चार प्रतिष्ठान सम्बन्धी विधेयक चालू अधिवेशनमा नै पारित गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले पत्रकार महेन्द्र विष्टलाई शालिग्राम मन्जनदेवी दाहाल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरे । प्रेस चौतारी मोरङले स्थापना गरेको सो पुरस्कारको राशि २१ हजार रुपैयाँ रहेको छ । 

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  २ : ३४ बजे

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको

इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका

एजेन्सी– अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्यांकन  प्रतिवेदन अनुसार इरानले युद्ध पछि

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजना पक्राउ

झापा– सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजनालाई मंगलबार प्रहरीले पक्राउ

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन