कांग्रेसले स्टार्टअप र साना तथा मझौला सम्मेलन गर्दै « Khabarhub

कांग्रेसले स्टार्टअप र साना तथा मझौला सम्मेलन गर्दै


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले ‘नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलन’ आयोजना गर्दैछ । विभागले शनिबार पत्रकार सम्मेलन गरेर माघ १६ र १७ गते सानेपामा सम्मेलन आयोजना गरिने जानकारी दिएको छ । 

नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा भर्ने तथा मुलुकको आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना गरिन लागिएको विभागले जनाएको छ । 

सम्मेलनले नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रूपान्तरणसँगै स्टार्टअप र साना तथा मझौला संगठित संस्थाहरूमा लगानीका अवसर र चुनौतीहरूबारे छलफल गर्ने उद्देश्य राखेको छ ।

यस्तै सम्मेलनमा डिजिटल अर्थतन्त्र र आइटी  क्षेत्रको विकासका सम्भावनाबारे विमर्शसँगै महिला र युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने वातावरणबारे पनि छलफल हुनेछ । 

सम्मेलनले नेपालको स्टार्टअप र साना तथा मझौला संगठित संस्थाहरूको प्रवर्द्धन र उद्यमशीलताको वातावरण निर्माणका लागि विशेष भूमिका खेल्ने विभागको भनाइ छ । 

विभागले कार्यक्रममा हुने छलफल र सुझावहरूले व्यावसायिक नीति सुधार र लगानीको वातावरण बनाउन ठोस मार्ग निर्देशन गर्ने जनाएको छ । सम्मेलनले कांग्रेसलाई युवामैत्री र उद्यमशीलतामा अग्रसर बनाउने उद्देश्य राखेको कांग्रेसको केन्द्रीय  सूचना, सञ्चार तथा प्रचार विभाग सचिव गोपालकुमार झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सम्मेलनमा ८० भन्दा बढी स्टार्टअप र साना तथा मझौला संगठित संस्थाहरूको प्रदर्शनी राखिने भएको छ । दुई दिन आयोजना हुने सम्मेलनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने प्रचार विभागले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ४ : ३२ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व