संविधान संशोधन गरी चुनावी प्रक्रिया समयानुकूल बनाउनुपर्नेमा जोड « Khabarhub

संविधान संशोधन गरी चुनावी प्रक्रिया समयानुकूल बनाउनुपर्नेमा जोड


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

ललितपुर– प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता उदयशमशेर जवराले मुलुकको आवश्यकताका आधारमा कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच गठबन्धन भई वर्तमान सरकार गठन भएको बताएका छन् । 

गोदावरी नगरपालिका–१ मा सो पार्टीले आयोजना गरेको सय दिने विशेष अभियानअन्तर्गतको क्रियाशील भेलामा ललितपुर–१ का सांसदसमेत रहेका उनले अहिले सरकार गठनका लागि गठबन्धन गरिएको भए पनि आगामी निर्वाचनमा भने गठबन्धन नहुने स्पष्ट पारे। 

उनले संविधान संशोधन गरी चुनावी प्रक्रिया समयानुकूल बनाइनुपर्नेमा समेत जोड दिए । 

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कांग्रेस जनताको चाहनाअनुरूप विकास निर्माणमा प्रतिबद्धता रहेको बताए। वडा नं १ का अध्यक्ष श्रीराज थापाले २०४८ सालदेखि वडाको नेतृत्व नेपाली कांग्रेसले गरिरहेकाले आगामी दिनमा पार्टीलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाए ।

त्यस अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ५ : ५० बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य