‘अर्थतन्त्र बलियो बनाउन सबै राजनीतिक दल एक हुन आवश्यक’ « Khabarhub

‘अर्थतन्त्र बलियो बनाउन सबै राजनीतिक दल एक हुन आवश्यक’


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

लेखनाथ – प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले राजनीति सङ्लो हुन सके दश वर्षमा मुलुकमा समृद्धि हासिल गर्न सकिनेमा जोड दिएका छन् । 

तनहुँ सम्पर्क समाज पोखराको आठौँ साधारणसभा तथा अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले राजनीतिक दलहरू सुशासन र विकासको अभियान लिएर अगाडि बढेमा मात्रै समृद्धि सम्भव हुने बताए । 

नेपाली जनताले विकास र सुशासन चाहेको बताउँदै उनले राजनीतिक दलका अधिकांश नेताले राजनीतिलाई पेसा बनाएकै कारण विकासले गति लिन नसकेको दाबी गरे। कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्दै अर्थतन्त्रको विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याए। 

गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री हरिबहादुर चुमानले मुलुकमा समृद्धि ल्याउनका लागि दलहरू मिल्नुपर्नेमा जोड दिए। गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष श्रीकान्त खतिवडाले केन्द्र सरकार ठूला आयोजनामा केन्द्रित हुन जरुरी छ भने। 

त्यस अवसरमा सामाजिक एवं राजनीतिक व्यक्तित्व नीलकण्ठ शर्मालाई तनहुँ रत्नबाट सम्मानित गरिएको थियो ।  

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ६ : ३७ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व