ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा कपडा वितरण « Khabarhub

ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा कपडा वितरण


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दाङ – तुलसीपुर र घोराहीका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नुका साथै कम्बल वितरण गरिएको छ । नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर एवं कम्बल वितरण गरिएको हो ।

महासङ्घ लुम्बिनी प्रदेश कमिटीका कोषाध्यक्ष द्रोण वलीले स्वास्थ्यकर्मी समाजमा योगदान पु¥याएका ज्येष्ठ नागरिकको सम्मानस्वरुप कम्बल वितरण गरिएको बताए ।

उनले तुलसीपुर उपमहानगरपालिका–१९ र घोेराही उपमहानगरपालिका–११ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको बताए ।

तुलसीपुर उपमहानगरपालिका–१९ का कार्यवाहक वडाध्यक्ष रामबहादुर पौडेलले वडाले ८० वर्ष उमेर पुगेका ५५ जनालाई कपडा वितरण गरेको बताए । त्यसअवसरमा राप्ती लाइफ केयर अस्पतालका डा आयुष गौतमले ज्येष्ठ नागरिकको मधुमेह, उच्चरक्तचाप, दमको परीक्षण गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ८ : ४२ बजे

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी