मंगलबार कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

मंगलबार कुन विदेशी मुद्राको विनिमय दर कति ?


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि तय भएको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ४२ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ५५ पैसा निर्धारण गरिएको छ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपियाँ ९८ पैसा र बिक्रीदर एक सय ७५ रुपियाँ ७४ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपियाँ ८९ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ ५६ पैसा तय गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ १३ पैसा र बिक्रीदर ८८ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ३६ पैसा र बिक्रीदर ९७ रुपियाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ४८ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २५ पैसा र बिक्रीदर नौ रुपियाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ नौ पैसा र बिक्रीदर १९ रुपियाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९१ पैसा र बिक्रीदर ३७ रुपियाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९८ पैसा र बिक्रीदर ३८ रुपियाँ १४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १३ पैसा र बिक्रीदर चार रुपियाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६९ पैसा र बिक्रीदर ३७ रुपियाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ३८ पैसा र बिक्री दर ३१ रुपियाँ ५२ पैसा तोकिएको छ।

त्यस्तै, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ७० पैसा र बिक्रीदर नौ रुपियाँ ७४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ एक पैसा र बिक्रीदर १३ रुपियाँ छ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४३ पैसा र बिक्री दर १९ रुपियाँ ५१ पैसा निर्धारण भएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८१ पैसा र बिक्रीदर १७ रुपियाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपियाँ ६७ पैसा र बिक्रीदर चार सय ५० रुपियाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपियाँ २७ पैसा र बिक्रीदर तीन सय ६८ रुपियाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर तीन ५९ रुपियाँ ५४ पैसा र बिक्रीदर तीन ६१ रुपियाँ १० पैसा तय गरिएको छ।

यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ६ : ०३ बजे

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री पाँचौँमा पर्दा सोबिता र सीताको छलाङ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल

दलको नेतामा सहमति खोज्दै कांग्रेस, अन्तिम दौडमा यी तीन सांसद

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा पुगेका ६ दलमध्ये

रामकुमारीसहित एमाले सांसदलाई ‘साइबर बुलिङ’, दिए प्रहरीमा उजुरी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरूले पछिल्लो समयमा किशोरीहरूमाथि

१४ हजार विद्यार्थीको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्दै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु