शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै « Khabarhub

शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी गत शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत छिन् ।

घाँटीमा फोका आएर सुन्निएपछि उनी शुक्रबारबाट शिक्षण अस्पताल भर्ना भएकी हुन् ।

दुई साताअगाडि घाँटीमा समस्या आएपछि मन्त्री भट्टराई जाँचका लागि अस्पताल पुगेकी थिइन । डाक्टरले आराम गर्न सुझाव दिएका थिए । तर उनी मन्त्रालयको नियमित काममा गइरहेकी थिइन ।

शुक्रबारबाट गाह्रो भएपछि उनी शिक्षण अस्पताल भर्ना भएकी हुन् । बिहीबार बायोप्सी गरेपछि उनलाई लागेको रोग पत्ता लाग्न सक्ने सचिवालले जनाएको छ ।

‘डाक्टरले क्षयरोग (टीबी) शंका गर्नुभएको थियो, तर होइन रहेछ । पर्सि बिहीबार बायोप्सी गरेपछि अरु थाहा हुन्छ’, सचिवालयका एक सदस्यले भने ।

मन्त्री भट्टराईसँग भेटघाट निषेध गरिएको छ । ‘अहिले बोल्न र भेटघाट गर्न दिइएको छैन । सिटी स्क्यान गर्दा सानो फोका देखिएको छ । डाक्टरले इन्फेसन भन्नुभएको छ । हिजोसम्म बमिट भइरहेको थियो अहिले सन्चो हुँदै हुनुहुन्छ ।’

सचिवालयका अनुसार मंगलबार र बुधबार आराम गर्न भनिएको छ । उनी गत बुधवारदेखि मन्त्रालय जान सकेकी छैनन् ।

उनको स्वास्थ्य अवस्थाबारे बुझ्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १२ : ५५ बजे

आज २०८३ साल असोज ६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र