जनवादी विवाह गरेका अनेरास्ववियु नेताले विद्यालयमा खोले अक्षयकोष « Khabarhub

जनवादी विवाह गरेका अनेरास्ववियु नेताले विद्यालयमा खोले अक्षयकोष


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले जनवादी प्रगतिशील विवाह गरेर जोगाएको खर्चले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

उपाध्यक्ष गिरी र अनेरास्ववियु केन्द्रीय सदस्य इन्जिनियर रचना सापकोटाबीच एमाले केन्द्रीय कार्यालय च्यासलमा गत फागुन ८ गते जनवादी विवाह भएको थियो ।

त्यसपछि बिहे खर्च जोगाएको रकममध्ये प्युठानको नारिकोटस्थित अमृत जीवन माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको गिरीले बताए ।

गिरीले बिहेमा अनावश्यक खर्च गरेर ऋणको भारी बोक्ने तनावबाट जोगिएर बचेको पैसाले विद्यालयमा अक्षयकोषको स्थापना गरेको बताए । त्यही विद्यालयबाट गिरीले आधारभूत शिक्षा लिएका थिए ।

उक्त अक्षयकोषबाट आउने ब्याजबाट अब प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने पनि उनले जानकारी दिए ।

कुनै बेला कम्युनिस्ट पार्टीहरूमा जनवादी विवाह चर्चित थियो । यस्तोमा दुर्लभ जनवादी बिहे गरेर गिरी र सापकोटाले उदाहरणीय काम गरेको एमाले नेताहरूले बताएका थिए। उनीहरूलाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित भएर बरबधूलाई शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  २ : २५ बजे

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक