जब मैदानमै रेफ्री कुट्न तम्सिए विदेशी खेलाडी (तस्बिरहरू) « Khabarhub

केपी ओली कप

जब मैदानमै रेफ्री कुट्न तम्सिए विदेशी खेलाडी (तस्बिरहरू)

एपीएफलाई हराउँदै संकटा सेमिफाइनलमा


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केपी ओली कपअन्तर्गत मंगलबार भएको खेलमा मैदानमै खेलाडीबीच घम्साघम्सी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विभागीय एपीएफ र संकट क्लबबीचको खेलमा खेलाडीहरूले रेफ्रीसँग विवादमा उत्रिँदै हातपातको कोसिसमेत गरेका छन् ।

रेफ्रीले रातो कार्ड देखाएपछि संकटा फुटबल क्लबका विदेशी खेलाडीहरू विवादमा उत्रिएका थिए ।

एपीएफका एलिक श्रेष्ठलाई संकटाका ओवोसु बोटेङले मैदानमै हात हालेपछि रेफ्री ज्ञानबहादुर तामाङले सिधै रातो कार्ड देखाए ।  त्ययसक्रममा संकटाका अन्य विदेशी खेलाडी पनि रेफ्रीलाई हातपात गर्न उत्रिएका थिए ।

त्यसक्रममा संकटाका कप्तान दीप कार्की लगायतले विदेशी खेलाडीलाई रेफ्रीलाई हातपात गर्न नदिन छुट्याए ।

विवादबीच भएको खेलमा संकटा क्लब सेमिफाइनलमा पुगेको छ । संकटाले टाइब्रेकरमा एपीएफलाई ५–३ ले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयमा दुवैतर्फबाट गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपीएफका सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै टोलीलाई जिताएका हुन् ।

फाइनल प्रवेशका लागि संकटाले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । केपी ओली कपअन्तर्गत मंगलबार दोस्रो खेल मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबीच हुँदैछ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ३ : ३३ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६