जब मैदानमै रेफ्री कुट्न तम्सिए विदेशी खेलाडी (तस्बिरहरू) « Khabarhub

केपी ओली कप

जब मैदानमै रेफ्री कुट्न तम्सिए विदेशी खेलाडी (तस्बिरहरू)

एपीएफलाई हराउँदै संकटा सेमिफाइनलमा


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केपी ओली कपअन्तर्गत मंगलबार भएको खेलमा मैदानमै खेलाडीबीच घम्साघम्सी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विभागीय एपीएफ र संकट क्लबबीचको खेलमा खेलाडीहरूले रेफ्रीसँग विवादमा उत्रिँदै हातपातको कोसिसमेत गरेका छन् ।

रेफ्रीले रातो कार्ड देखाएपछि संकटा फुटबल क्लबका विदेशी खेलाडीहरू विवादमा उत्रिएका थिए ।

एपीएफका एलिक श्रेष्ठलाई संकटाका ओवोसु बोटेङले मैदानमै हात हालेपछि रेफ्री ज्ञानबहादुर तामाङले सिधै रातो कार्ड देखाए ।  त्ययसक्रममा संकटाका अन्य विदेशी खेलाडी पनि रेफ्रीलाई हातपात गर्न उत्रिएका थिए ।

त्यसक्रममा संकटाका कप्तान दीप कार्की लगायतले विदेशी खेलाडीलाई रेफ्रीलाई हातपात गर्न नदिन छुट्याए ।

विवादबीच भएको खेलमा संकटा क्लब सेमिफाइनलमा पुगेको छ । संकटाले टाइब्रेकरमा एपीएफलाई ५–३ ले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयमा दुवैतर्फबाट गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपीएफका सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै टोलीलाई जिताएका हुन् ।

फाइनल प्रवेशका लागि संकटाले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । केपी ओली कपअन्तर्गत मंगलबार दोस्रो खेल मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबीच हुँदैछ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ३ : ३३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको