‘प्रदेश भवन ऐन, २०७६’ संशोधन गर्न बनेको विधेयक पारित  « Khabarhub

‘प्रदेश भवन ऐन, २०७६’ संशोधन गर्न बनेको विधेयक पारित 


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सो विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव माथि सभामुख सिर्जना दनुवारले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकय’लाई दफावार छलफलका निम्ति विषयगत समितिमा पठाइएको छ । 

दफावार छलफलका लागि दुई वटा संशोधन प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएपछि खानेपानी, सिँचाइ तथा उर्जामन्त्री एकराज कार्कीले सो विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाइयोस् भनी प्रस्ताव गर्नुभएपछि सभामुख दनुवारले पेश गरेको निर्णायार्थ सर्वसम्मतिले पारित गरेको हो ।

कोशी प्रदेशसभाका सदस्य डोल्मा तामाङ, इस्राईल मन्सुरी, खिनु लङवा लिम्बू, किशोचन्द्र दुलाल, निरन राई, मीना श्रेष्ठ, इन्द्रमणि पराजुली, कमला दर्नालले शून्य समयमा आ–आफ्ना निर्वाचन क्षेत्रका समस्याका बारेमा सदनको ध्यानाकर्षण गराएका थिए ।

 प्रदेशसभाको अर्को बैठक फागुन १८ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ४ : २७ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित