पुल भत्किँदा दुई चिनियाँसहित चार जनाको मृत्यु, छ घाइते | Khabarhub Khabarhub

पुल भत्किँदा दुई चिनियाँसहित चार जनाको मृत्यु, छ घाइते


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण कोरियाको एक द्रुतमार्ग निर्माण स्थलमा मंगलबार पुल भत्किँदा दुई चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमले पुलको एउटा भाग भत्किएको र धुलोको मुस्लो उडिरहेको नाटकीय फुटेज प्रसारण गरेका छन् ।

घटनामा चार जनाको मृत्यु भएको, पाँच जना गम्भीर घाइते भएको र एक जना सामान्य घाइते भएको नेसनल फायर एजेन्सीले जनाएको छ ।

मृत्यु हुनेमा दुई जना चिनियाँ र दुई जना दक्षिण कोरियाली नागरिक रहेको गृह मन्त्रालयका एक अधिकारीले पुष्टि गरे । दक्षिण कोरियाको राजधानीबाट करिब ६५ किलोमिटर दक्षिणमा पर्ने एन्सियोङमा स्थानीय समयअनुसार बिहान ९ः५० बजे सो घटना भएको हो ।

नेसनल फायर एजेन्सीका प्रवक्ताले भने, ‘घाइते भएका सबैको अहिले अस्पतालमा उपचार भइरहेको छ ।’

  नेसनल फायर एजेन्सीले सुरुमा नजिकैको चिओनान शहरमा आगलागी भएको बताएको थियो तर पछि उक्त दाबीलाई सच्याएको थियो ।

निर्माण स्थलको मुख्य ठेकेदार हुन्डाई इञ्जिनियरिङले माफी माग्दै अधिकारीहरूलाई अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो निर्माण स्थलमा भएको दुर्घटनामा परी आफ्नो अमूल्य जीवन गुमाएका र घाइते भएकाहरूप्रति क्षमायाचना गर्दछौँ घटनाका लागि हामी नतमस्तक छौँ ।’

‘हामीले निर्माण स्थलमा शीघ्र समाधान सुनिश्चित गर्न र दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित अधिकारीहरूसँग सक्रिय रूपमा सहयोग गरिरहेका छौँ,’ कम्पनीले भनेको छ।

कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकले उद्धार कार्यका लागि उपलब्ध सबै स्रोत साधन र जनशक्ति परिचालन गर्न तत्काल निर्देशन दिएका छन् ।

दक्षिण कोरियामा सन् २०२० देखि २०२३ सम्ममा आठ हजारभन्दा बढीको मृत्यु कार्यस्थलमा दुर्घटनाका कारण भएको सियोलको श्रम मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ६ : १९ बजे

वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात

वीरगञ्ज – वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा ५३

गणेश पाण्डे प्रेस चौतारीको अध्यक्ष चयन : ९९ सदस्यीय कार्य समितिमा को-को परे ?

काठमाडौं – प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन

दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज

काठमाडौं – आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापार पीडितको अन्तर्राष्ट्रिय

विश्वकप छनोटमा इंग्ल्यान्डको जित

काठमाडौं – युरोपेली राष्ट्रको विश्व कप छनोट खेलको सोमबार राति

ओसकार विजेता फिल्मका निर्देशकमाथि कुटपिट

काठमाडौं – ओसकार विजेता चलचित्र ‘नो अदर ल्यान्ड’का सह निर्देशक