ऋषिङ गाउँपालिका अध्यक्षबाट कुटिए पूर्वसांसदका छोरा  « Khabarhub

ऋषिङ गाउँपालिका अध्यक्षबाट कुटिए पूर्वसांसदका छोरा 


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पूर्वसांसद पदमबहादुर आलेका छोरा प्रभात आलेलाई कुटपिट गरेका छन्।

 फागुन ७ गते राति भीमाद नगरपालिका–६ मालेबगरस्थित आफ्नै घरमा श्रेष्ठले ५७ वर्षीय आलेलाई कुटेका हुन्। श्रेष्ठ नेपाली कांग्रेस तनहुँका उपसभापति समेत हुन्।

प्रभात आलेका अनुसार जग्गासम्बन्धी विवादका कारण आफूलाई कुटपिट गरिएको हो। उनका भाइ विलासको जग्गा अध्यक्ष श्रेष्ठले ७ वर्षअघि किनेर प्लटिङ गरी बिक्री गरेका थिए। त्यसबेला बाटो छोड्ने सहमति भए पनि कार्यान्वयन नभएपछि विवाद चुलिएको आलेले बताए। उनले फोनमार्फत कुरा मिलाउने प्रयास गर्दा श्रेष्ठले घर आउन भनेको र पुग्ने बित्तिकै पीभीसी पाइपले कुटपिट गरेको आरोप लगाए।

श्रेष्ठले भने आफूलाई आलेले घरमै आएर कुटपिट गर्न खोजेपछि प्रतिकार गरेको दाबी गरे। श्रेष्ठका अनुसार प्रभातले धम्क्याउँदै घर आउँछु भनेपछि आफूले भोलि कुरा गर्ने बताए पनि उनी जबरजस्ती घर छिरेर आक्रमण गर्न खोजे। त्यसपछि आत्मरक्षाका लागि पाइपले हानेको श्रेष्ठको भनाइ छ।

प्रभातले तनहुँको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा प्रारम्भिक परीक्षण गराएका छन्। थप उपचारका लागि पोखरा जान सुझाव दिइएको उनले बताए।

आज मंगलबार  प्रभात आले इलाका प्रहरी कार्यालय बेलचौतारामा जाहेरी दिन पुगे पनि प्रहरीले तत्काल नलिएको आरोप छ। प्रहरी निरीक्षक पोषण थापाले ठाडो निवेदन परेको र अनुसन्धानपछि जाहेरी दर्ता गरिने जानकारी दिए। जिल्ला प्रहरी प्रमुख एसपी विरेन्द्रबहादुर शाहीका अनुसार कुटपिट सम्बन्धी घटनामा घाउ जाँचलगायत प्रक्रिया पूरा भएपछि मात्रै जाहेरी लिने गरिन्छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : ०९ बजे

स्याफ्रुबेसी–रसुवागढी सडक हिलाम्मे हुँदा आवागमन प्रभावित (तस्बिरहरू)

रसुवा– नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको

नारायणगढ-मुग्लिन सडक खण्डमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन – नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र

विश्वकपमा विवादित बनेको ‘हाइड्रेशन ब्रेक’ हटाउने तयारीमा फिफा

न्युयोर्क – विश्वकप फुटबलमा पहिलो पटक प्रयोगमा ल्याइएको ‘हाइड्रेशन ब्रेक’

विश्वकप फाइनल: नेतान्याहुले गरे अर्जेन्टिनालाई समर्थन

जेरुसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिफा विश्वकपको फाइनल खेलमा

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी