अर्थसंक्षेप : मौद्रिक नीति समीक्षाको निर्णय गर्न बोर्ड बैठक, सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थ आयात « Khabarhub

अर्थसंक्षेप : मौद्रिक नीति समीक्षाको निर्णय गर्न बोर्ड बैठक, सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थ आयात


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

मौद्रिक नीति समीक्षाको निर्णय गर्न बोर्ड बैठक

चालु आर्थिक वर्ष २०८१-०८२ को दोस्रो मौद्रिक नीतिको समीक्षाको निर्णय गर्न बोर्डको बैठक सुरु भएको छ ।

गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा बस्ने नेपाल राष्ट्र बैंकको बोर्डको बैठक चलिरहेको राष्ट्र बैंकका सूचना अधिकारी डिल्लीराम पोखरेलले जानकारी दिए ।

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

बीमा प्राधिकरणका अध्यक्ष ओझाले लिए शपथ

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमझ शपथ लिएका हुन् ।

रौतहट प्रहरीद्वारा १२ वटा चोरीका मोटरसाइकल बरामद

सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात भएको हो ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा एक करोड ४४ लाख ठगी, तीन जना पक्राउ

सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता

मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी रहेको छ । तर त्यही बीचमा मौद्रिक नीतिमा खासै ठूलो परिवर्तन नआउने समाचार बाहिरिएपछि शेयर बजारमा भने लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगेका छन् ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३१ अंकले बढेको छ । नेप्सेको परिसूचक २७८१ विन्दुमा पुगे पनि बजार बन्द हुँदा भने २७६५.८८ विन्दु मात्र कायम भएको छ । २ बजेसम्म उच्च विन्दुमा पुगेको बजार त्यसपछि भने तल झरेको छ ।

छात्रवृत्तिमा आवेदन दिनेको संख्या नै पुगेन, प्रधानमन्त्रीले निकाले सूचना

शिक्षा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विभिन्न विषयका लागि खुलाइएको छात्रवृत्तिको लागि आवेदन दिनेहरूको संख्या नै पुगेन ।

त्यहीकारण प्रधानमन्त्री केपी शर्मा ओलीले आवेदकको संख्या नपुगेको भन्दै विद्यार्थीहरूसँग सामाजिक सञ्जालमा आह्वान गरेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : ०२ बजे

इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट

बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार

नेपालगन्ज– बाँकेमा आर्थिक वर्ष २०८२-८३ को अहिलेसम्म १५६ वटा विभिन्न वन्यजन्तुको

गौरवका आयोजनाको अवस्था, समस्या र समाधानबारे अध्ययन गर्न उपसमिति गठन

काठमाडौं– संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टामा दुई हजार ७४६  वटा

दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवन‍– यहाँका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको