चीनले अफ्रिकाको खनिज सम्पदा अवैध उत्खनन गरी लुटिरहेको आरोप « Khabarhub

चीनले अफ्रिकाको खनिज सम्पदा अवैध उत्खनन गरी लुटिरहेको आरोप


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खनिज तथा वनजंगल सम्पदालाई चीनियाँ कम्पनीहरूले अवैध रूपमा प्रयोग गरिरहेका छन्। अफ्रिकी राष्ट्रहरूको सरकारी अनुमतिबिना सुन, हीरा, टाइटेनियम तथा लिथियमलगायत बहुमूल्य खनिजहरूको अवैध उत्खनन र तस्करीमा चीन संलग्न रहेको बताइएको छ।

गत महिना डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा तीन जना चिनियाँ नागरिकलाई अवैध रूपमा सुन खानी सञ्चालन गरेको आरोपमा सात वर्ष जेल सजाय भएपछि यो विषयमा विश्वको ध्यान केन्द्रित भएको छ। चिनियाँ कम्पनीहरूले स्थानीय समुदायलाई विद्यालय, अस्पताल तथा अन्य पूर्वाधार निर्माण गर्ने वाचा दिए पनि ती पूरा नगरेको भन्दै अफ्रिकी मुलुकहरूमा निरन्तर विरोध हुँदै आएको छ।

यसैगरी, नाइजेरियामा सन् २०२० देखि २०२३ सम्म अवैध उत्खननमा संलग्न भएको आरोपमा १६ जना चिनियाँ नागरिक पक्राउ परिसकेका छन्। अवैध उत्खननसँगै जंगलमा दुर्लभ र प्रतिबन्धित रूखहरू काटेर चीनले लक्जरी फर्निचरको अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिरहेको समेत आरोप लागेको छ।

चीनसँगको व्यापारिक र ऋण सम्बन्धका कारण अफ्रिकी सरकारहरूले कठोर कदम चाल्न नसकेको बताइएको छ। चीनसँगको ऋण निर्भरता र ठूलो व्यापारिक साझेदारीको फाइदा उठाउँदै चिनियाँ कम्पनीहरूले स्थानीय कानुनहरू उल्लंघन गरी अफ्रिकी स्रोतसाधनको निरन्तर दोहन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  २ : १९ बजे

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे