आईपीएल : आशुतोषको शानदार ब्याटिङमा लखनउविरुद्ध दिल्लीको सनसनीपूर्ण जित « Khabarhub

आईपीएल : आशुतोषको शानदार ब्याटिङमा लखनउविरुद्ध दिल्लीको सनसनीपूर्ण जित


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आशुतोष शर्मा र विपराज निगमको शानदार ब्याटिङमा दिल्ली क्यापिटलले इन्डियन प्रियमर लिग (आईपीएल)मा विजयी सुरुवात गरेको छ ।

सोमबार भएको आईपीएलको खेलमा लखनउ सुपर जेन्ट्समाथि दिल्लीले एक विकेटको सनसनीपूर्ण जित हात पारेको हो । २१० रनको लक्ष्य दिल्लीले ९ विकेटको क्षतिमा तीन बाल बाँकी रहँदा पुरा गरेको हो ।

म्यान अफ द म्याच बनेका शर्माले अविजित रहँदै ३१ बलमा ६६ रन जोडे । उनले ५ चौका र ५ छक्का प्रहार गरे । यसैगरी निगमले १५ बलमा ३९ रन जोडे । दिल्लीको सुरुवात भने खराब थियो । दुई बलमा दुई विकेट गुमाएको दिल्लीले सात रनमा तेस्रो विकेट गुमाइसकेको थियो ।

कप्तान अक्षर पटेल र उपकप्तान फाफ डु प्लेसिसले चौथो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । ६५ रन बनाउँदा पाँचौँ विकेट गुमाएको दिल्लीले १३ औँ ओभरमा ट्रिस्टयन स्टब्सलाई छैटौँ विकेटको रूपमा गुमाएपछि हार निश्चित झैँ देखिएको थियो । सोही समयमा निगमले सातौँ विकेटका लागि महत्त्वपूर्ण साझेदारी गरेका हुन् । निगम र शर्माको ५५ रनको साझेदारीले खेललाई जिततर्फ लगेको थियो ।

लखनउका शार्दूल ठाकुर, मनिमरन सिद्धार्थ, दिगवेश राठी र रवि विश्नोइले समान दुईदुई विकेट लिए । लखनउले पावर प्लेमा नै कम अनुभवी स्पिनर सिद्धार्थ र राठीलाई प्रयोग गर्दा सफलता पाएको थियो । विस्नोइ भने महँगा साबित भए । उनको चार ओभरमा ५३ रन प्रहार भएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले आठ विकेटको क्षतिमा २०९ रन जोडेको हो । लखनउका लागि मिचेल मार्सले ३६ बलमा ७२ तथा निकोलास पुरणले ३० बलमा ७५ रन प्रहार गरे । यी दुईले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । कुनै समय २४० स्कोर पार गर्ने सम्भावना रहेको लखनउलाई रोक्ने क्रममा कुलदिप यादवले चार ओभरमा २० रन खर्चेर दुई विकेट लिए । मिचेल स्टार्कले चार ओभरमा ४२ रन खर्चे पनि तीन विकेट लिए । मार्स र पुरण आउट भएपछि डेभिड मिलरले अविजित रहँदै १९ बलमा २७ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान असफल भए ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ५ : ५४ बजे

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको