ट्रम्प क्याबिनेटको ग्रुप च्याटमा पत्रकार जोडिएपछि यमन आक्रमणको योजना सार्वजनिक « Khabarhub

ट्रम्प क्याबिनेटको ग्रुप च्याटमा पत्रकार जोडिएपछि यमन आक्रमणको योजना सार्वजनिक


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्याबिनेट ग्रुप च्याटमा भुलवश पत्रकारको नाम थपिएपछि यमनमाथि गर्न लागेको आक्रमणको योजना सार्वजनिक भएको छ।

द एटलान्टीकका प्रमुख सम्पादक जियफ्री गोल्डबर्ग सो ग्रुप च्याटमा समावेश भएका हुन्। राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जले उनलाई आमन्त्रण गरेका थिए।

११ मार्चका दिन वाल्जबाट इन्स्राइपटेड उप सिगनल म्यासेजिङ एपमा गोल्डबर्गले निम्ता पाएका हुन्। १३ मार्चका दिन गोल्डबर्गले आफू ‘ हाउथी पिसी स्मल ग्रुप’ मा समावेश भएको सन्देश पाए। त्यसको ७२ घण्टा भित्रमा हाउथी माथि आक्रमण गर्ने कुरामा समन्वय गर्ने कुरा सो एपमा लेखिएको थियो।

१४ मार्चमा उपराष्ट्रपति जेडी भान्सले मिचिगनमा भएको आर्थिक सम्मेलनमा विषय प्रवेश गरेका थिए। त्यसपछि हाउकीमा आक्रमण गर्ने सहमति भएको थियो।

घटनापछि अमेरिकी रक्षा मन्त्री पिटर हेगसेथले गोल्डबर्ग गम्भीर पत्रकार नभएको आरोप लगाए।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : २५ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको