जम्मू कश्मीरबारे भारत र पाकिस्तानबीच राष्ट्रसंघमा फेरि तनाव « Khabarhub

जम्मू कश्मीरबारे भारत र पाकिस्तानबीच राष्ट्रसंघमा फेरि तनाव


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्रसङ्घमा जम्मू कश्मीरको स्वामित्वलाई लिएर भारत र पाकिस्तानबीच तनाव भएको छ । राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि राजदूत हरीश पी.ले जम्मू कश्मीर भारतको हिस्सा भएको र रहिरहने दाबी गरेका छन्‌ ।

पाकिस्तानी प्रधानमन्त्रीका विशेष सहायक सैयद तारिक फतेमीले राष्ट्रसंघ सुरक्षा परिषद्‌मा जम्मू कश्मीरमा भविष्यमा शान्ति कायम राख्ने विषयमा छलफल हुनुपर्ने माग राखेका थिए । भारतीय राजदूत हरीश पी.ले सैयदको भनाइको प्रतिवाद गरेका हुन्‌ ।

उनले भने, ‘भारत यहाँ यो बताउन बाध्य भएको छ कि पाकिस्तानले फेरि एकपटक भारतको केन्द्र शासित प्रदेश जम्मू र कश्मीरलाई लिएर अनावश्यक टिप्पणी गरेको छ । बारम्बार यसो गरेर जम्मू र कश्मीरमा पाकिस्तानी कब्जा वैध हुन सक्दैन । न त सीमापार प्रायोजित आतङ्कवादलाई सही ठहर्‍याउन सकिन्छ ।’ भारतीय राजदूतले जम्मू र कश्मीरमा पाकिस्तानले गरिरहेको अवैध कब्जा हटाउनुपर्ने तर्क पनि गरे ।

जम्मू र कश्मीर क्षेत्रमा भारत, पाकिस्तान र चीनले आ-आफ्नो सम्प्रभुता दाबी गर्ने गरेका छन् । सन्‌ १९४७ अक्टोबर २६ मा जम्मु कश्मीरका अन्तिम डोगरा राजा हरि सिंहले सम्झौता गरी आफ्नो देशलाई भारतमा विलय गराउन सहमति जनाएका थिए ।

तर, लगत्तै पाकिस्तान र चीनले त्यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेपछि दक्षिण एसियाको सबैभन्दा पुरानो विवादित क्षेत्रमा पटकपटक युद्ध हुने गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १ : ५१ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को