जम्मू कश्मीरबारे भारत र पाकिस्तानबीच राष्ट्रसंघमा फेरि तनाव « Khabarhub

जम्मू कश्मीरबारे भारत र पाकिस्तानबीच राष्ट्रसंघमा फेरि तनाव


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्रसङ्घमा जम्मू कश्मीरको स्वामित्वलाई लिएर भारत र पाकिस्तानबीच तनाव भएको छ । राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि राजदूत हरीश पी.ले जम्मू कश्मीर भारतको हिस्सा भएको र रहिरहने दाबी गरेका छन्‌ ।

पाकिस्तानी प्रधानमन्त्रीका विशेष सहायक सैयद तारिक फतेमीले राष्ट्रसंघ सुरक्षा परिषद्‌मा जम्मू कश्मीरमा भविष्यमा शान्ति कायम राख्ने विषयमा छलफल हुनुपर्ने माग राखेका थिए । भारतीय राजदूत हरीश पी.ले सैयदको भनाइको प्रतिवाद गरेका हुन्‌ ।

उनले भने, ‘भारत यहाँ यो बताउन बाध्य भएको छ कि पाकिस्तानले फेरि एकपटक भारतको केन्द्र शासित प्रदेश जम्मू र कश्मीरलाई लिएर अनावश्यक टिप्पणी गरेको छ । बारम्बार यसो गरेर जम्मू र कश्मीरमा पाकिस्तानी कब्जा वैध हुन सक्दैन । न त सीमापार प्रायोजित आतङ्कवादलाई सही ठहर्‍याउन सकिन्छ ।’ भारतीय राजदूतले जम्मू र कश्मीरमा पाकिस्तानले गरिरहेको अवैध कब्जा हटाउनुपर्ने तर्क पनि गरे ।

जम्मू र कश्मीर क्षेत्रमा भारत, पाकिस्तान र चीनले आ-आफ्नो सम्प्रभुता दाबी गर्ने गरेका छन् । सन्‌ १९४७ अक्टोबर २६ मा जम्मु कश्मीरका अन्तिम डोगरा राजा हरि सिंहले सम्झौता गरी आफ्नो देशलाई भारतमा विलय गराउन सहमति जनाएका थिए ।

तर, लगत्तै पाकिस्तान र चीनले त्यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेपछि दक्षिण एसियाको सबैभन्दा पुरानो विवादित क्षेत्रमा पटकपटक युद्ध हुने गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १ : ५१ बजे

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छ : सञ्चारमन्त्री

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई

तस्बिरमा हेर्नुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

तेहरान– इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन