प्रधानमन्त्रीको टिप्पणी- मैले बोकेको संकल्प पूरा हुन नदिने प्रयास भइरहेको छ « Khabarhub

प्रधानमन्त्रीको टिप्पणी- मैले बोकेको संकल्प पूरा हुन नदिने प्रयास भइरहेको छ


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पर्ने संकल्प सफल पार्न नदिन केही मानिसहरू प्रयास गरिरहेका टिप्पणी गरेका छन् । 

ललितपुरको कुपण्डोलमा मंगलबार आयोजित नेकपा एमालेनिकट प्रगतिशील इन्जिनियरिङ एशोसिएसनको राष्ट्रिय अधिवेशनको उद्‌घाटन समारोहमा उनले आफूले बोकेको संकल्प पूरा हुन नदिने प्रयास भइरहेको बताए ।  

‘हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पर्ने संकल्प बोकेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘केही मानिसहरू यस कुरालाई सफल पार्न नदिनका लागि लागेका छन् ।’ 

प्रधानमन्त्रीले सरकारको प्रयासलाई असफल पार्न विरोधीहरूले प्रयास गर्नु स्वाभाविक भए पनि संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्नेमा जोड दिए । 

‘त्यो स्वाभाविक पनि हो, विरोधी लाग्नु । यद्यपि, वैचारिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो,’ ओलीले भने, ‘तर, त्यस्तो भइरहेको छैन । त्यस्तो भइरहेको देखिँदैन ।’ 

प्रधानमन्त्री ओलीले प्रतिपक्षीहरू सत्यलाई ढाक्न र झुटा फैलाउन अत्यन्तै सक्रिय देखिएका पनि आरोप लगाए । 

‘कसरी सरकार वा आफूबाहेक अरुलाई कसरी बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न सकिन्छ, झुटलाई फैलाउन सकिन्छ, यस्ता कुरामा उहाँहरू बहुतै सक्रिय देखिनुहुन्छ,’ उनले भने, ‘त त्यतातर्फ जान चाहन्न । धेरै अलमलिन चाहन्न । हामीले देशको विकास गर्नुपर्ने छ ।’ 

प्रतिपक्षीले सरकारलाई अल्झाउन खोजे पनि आफू अल्झिन तयार नभएको र आफ्नो काममा केन्द्रित रहेका पनि बताए ।  

‘अनावश्यक कुरामा हामीलाई ड्रयाक गर्न खोज्छ । अल्मलान खोज्न, अल्झाउन खोज्छ, हाम्रो ध्यान डाइभर्ट गर्न खोज्छन् विषयबाट,’ प्रधानमन्त्रीले भने, ‘त्यो हुन हामी तयार छैनौँ । हामी आफ्ना विषयमा केन्द्रित हुन्छौँ । आफ्ना काममा केन्द्रित हुन्छौँ । र देश विकासका लागि लिइएका नीतिहरू कसरी प्रभावकारी ढंगले र छिटो कार्यान्वयन गर्ने, त्यस कुरामा हाम्रो ध्यान रहेको छ ।’

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  २ : १४ बजे

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत

काठमाडौं– ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक,

कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधाम– सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव,

सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली

काठमाडौं- प्रहरीले गत आइतबार सुनसरीको देवानगञ्जमा अपनाएकै तरिकाको प्रयोग सिरहाको

विपक्षीले जवाफ माग्दा सदन नै स्थगित

काठमाडौं– देशमा भएको पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग