प्रधानमन्त्री भन्छन्- व्यक्तिलाई संस्था मानेर हिँड्नु हुन्न   « Khabarhub

प्रधानमन्त्री भन्छन्- व्यक्तिलाई संस्था मानेर हिँड्नु हुन्न  


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै एक व्यक्तिलाई संस्था मानेर हिँड्ने प्रवृति सामन्ती सोच भएको बताएका छन् । 

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसको अवसरमा कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुवा’ (आत्मकथा) को आज लोकार्पण गर्दै उनले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री ओलीले कुनैजना व्यक्ति वा उसको खान्दानलाई संस्था मानेर हिँड्नु पछौटेपन सोच भएको उल्लेख गरे । ‘सबै नेपालीका पुर्खाले लडेर यो देश बनाएको हो, कुनै एक जना व्यक्तिले बनाएको होइन, कसैले नायकत्व दिएको होला फरक त्यत्ति मात्रै हो,’ उनले भने, ‘अबको युग त्यसमा फर्कन सक्दैन, त्यस्तो भ्रमका कोही नपर्दा हुन्छ ।’

प्रधानमन्त्री ओलीले सबैका विचार फरक भए पनि देश बनाउने साझा गन्तव्य एउटै हुनुपर्नेमा जोड दिए । ‘देश र जनताको हितको सबैले इमानदारीका साथ काम गर्नुपर्छ’, उनले भने । उनले लोकार्पण भएको आत्मकथाबाट गिरिजाप्रसाद कोइराला र सुजfता कोइरालाको जीवनका विषयमा धेरै जान्न सकिने उल्लेख गरे । 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : २७ बजे

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छ : सञ्चारमन्त्री

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई

तस्बिरमा हेर्नुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

तेहरान– इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन