प्राधिकरणबाट घिसिङलाई हटाइएकामा माओवादी केन्द्रको विरोध « Khabarhub

प्राधिकरणबाट घिसिङलाई हटाइएकामा माओवादी केन्द्रको विरोध


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गरेको छ ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आज एक विज्ञप्ति जारी गरी पार्टीले यस किसिमको निर्णय तत्काल फिर्ता लिन जोडदार माग गरेको जानकारी दिए ।

‘यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो । यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको छ । यस प्रकारको अन्यायपूर्ण निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ’, विज्ञप्तिमा लेखिएको छ ।

घिसिङलाई हटाउने निर्णय गरेसँगै पार्टीबारे पनि प्रायोजित दुष्प्रचार गरिएको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको छ । विज्ञप्तिमा उल्लेख छ, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई पार्टी खारेज गर्दछ ।’

आम नागरिकमा भ्रम सिर्जना गर्ने यस्ता दुष्प्रचार तत्काल बन्द गर्न चेतावनी दिँदै यस प्रकारका दुष्प्रचारबाट भ्रमित नहुन माओवादी केन्द्रले सबैमा आग्रह समेत गरेको छ । रासस

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ८ : ३१ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ