किभ आक्रमणपछि ट्रम्प आक्रोशित : रुसविरुद्ध कदम चाल्ने चेतावनी « Khabarhub

किभ आक्रमणपछि ट्रम्प आक्रोशित : रुसविरुद्ध कदम चाल्ने चेतावनी


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले युक्रेनमा जारी राखेको आक्रमणप्रति आक्रोश व्यक्त गरेका छन्। उनले किभमा भएको पछिल्लो आक्रमणपछि प्रतिक्रिया दिँदै यसलाई नरोके रुसको विरुद्धमा कदम चालिने बताएका छन्।

बिहीबार राति भएको आक्रमणमा १२ जनाको ज्यान जानुका साथै दर्जनौँ घाइते भए। अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध रोक्नका लागि आफूले दुवै देशलाई दबाब दिइरहेको बताए। गत जुलाई महिनापछि किभमा भएको यो आक्रमणले भने आफूलाई निराश बनाएको बताए।

गत वर्षको चुनावी अभियानले पनि उनले जत्ति सक्दो रुस र युक्रेन बीचको युद्धको अन्त्य गर्ने बताएका थिए। पुटिनको आलोचना गर्दै सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन्, ‘अनावश्यक र धेरै खराब समयमा भ्लाडिमिर। यो रोकौँ।’

दुवै देशले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई युक्रेनका केही भाग रुसलाई दिने कुरामा सहमति जुटाउन प्रयास गरिरहेको समयमा यो घटना भएको हो। बिहीबार ट्रम्पले यसै क्रममा नर्वेका प्रधानमन्त्री जोन कार स्टारलाई भेटेर आफू कसैको पक्षमा नभएर मानिसको ज्यान बचाउने पक्षमा मात्र भएको बताए।

आक्रमणपछि प्रतिक्रिया दिँदै दक्षिण अफ्रिकी भ्रमणमा रहेका राष्ट्रपति जेलेन्स्कीले युद्ध विरामको क्रममा ट्रम्प रुसप्रति लचिलो भएको गुनासो गरेका छन्।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ७ : ३४ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट