थाइल्यान्डमा एउटा जहाज समुद्रमा खस्यो, ६ जना प्रहरी अधिकारीको मृत्यु « Khabarhub

थाइल्यान्डमा एउटा जहाज समुद्रमा खस्यो, ६ जना प्रहरी अधिकारीको मृत्यु


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

बैंकक– थाइल्यान्डको गल्फ अफ थाईल्यान्डमा एक विमान खस्दा त्यसमा सवार सबै ६ जना प्रहरी अधिकृतहरूको ज्यान गएको छ।

यो दर्दनाक घटना बिहान करिब ८:२५ बजे थाइल्यान्डको दक्षिणपश्चिमी क्षेत्र चा-आमनजिक समुद्री तटमा भएको हो। सानो विमान एक प्यारास्युट जम्प प्रशिक्षणको तयारीस्वरूप परीक्षण उडानमा रहेका बेला दुर्घटना भएको हो ।

विमान दुर्घटनापछि आपतकालीन सेवाका अधिकारीले पीडितहरूलाई उद्धार गर्न खोज अभियान सुरु गरेका थिए । केही भिडियोमा पानीमा डुबेको विमानको भग्नावशेष देखिएको छ । उद्धारकर्मी घटनास्थलमा पुगेपछि चार जनाको मृत्यु भइसकेको पुष्टि भयो।

बाँकी दुई प्रहरी अधिकृतहरूलाई बचाउन चिकित्सकहरूले प्रयास गरे पनि सफल भएनन् । ज्यान गुमाउनेमा पाइलट पनि छन् । उनलाई तत्काल अस्पताल लगिएको थियो तर मृत्यु घोषित गरियो ।

यो वर्षकाअन्य घातक विमान दुर्घटनाहरूमध्ये यो एक हो। यसअघि यसै महिना न्यूयोर्क सिटीमा एक हेलिकप्टर दुर्घटनामा पाँच सदस्यीय परिवार नै सकिएको थियो । केही दिनअघि अमेरिका भर्जिनियामा प्रसिद्ध स्टन्ट पाइलट रोब हल्याण्डको मृत्यु भएको थियो । एक एयर शोमा आफ्नो कौशल प्रदर्शन गर्न लागेका बेला उनी दुर्घटनामा परेका थिए ।

थाइल्यान्डको यो दुर्घटनामा मृत्यु भएका सबैको पहिचान सार्वजनिक गरिएको छैन। यस दुर्घटनाको कारण पत्ता लगाउन औपचारिक जाँच सुरु गरिएको छ।

राष्ट्रिय प्रहरी प्रमुख जनरल कित्तिरात फनफेट घटनास्थलमा पुगेर उद्धारको निरीक्षण गरेका छन् ।

पछिल्लो जानकारीअनुसार प्राचुआप खिरी खान प्रान्तीय प्रहरीका प्रतिनिधिले दुर्घटना समुद्रमा किनाराबाट टाढा भएकोले उद्धारमा कठिनाइ भइरहेको बताए ।

स्थानीय माछा मार्ने समुदायसहितका प्रत्यक्षदर्शीले विमान आकाशबाट समुद्रमा खसेछि तत्काल आपतकालीन सेवाहरूलाई खबर गरेका थिए।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १ : १४ बजे

करिब दुई हजार सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युतमा क्षति

पाँचथर– अविरल वर्षापछि गएराति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो

मुस्ताङको लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक

मुस्ताङ– नेपाल–चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

काठमाडौँ– जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम

युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ– युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म जयन्ती उनको सम्झना गरी