एउटै विधेयक वर्षौँसम्म संसद्मा अल्झिराख्ने परम्परा अन्त्य हुनुपर्छ : सचेतक घिमिरे « Khabarhub

एउटै विधेयक वर्षौँसम्म संसद्मा अल्झिराख्ने परम्परा अन्त्य हुनुपर्छ : सचेतक घिमिरे


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एउटै विधेयकमा वर्षौँसम्म संसद्मा अल्झिराख्ने परम्परा अन्त्यका लागि विधेयक टेबल भएको ६ महिनाभित्रमा कानुनको स्वरूप धारण गरिसक्नुपर्ने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । 

शुक्रबारदेखि सुरु भएको प्रतिनिधिसभाको बर्खे (बजेट) अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एउटै विधेयकमा वर्षौँसम्म संसद्मा अल्झिराख्ने परम्परा अन्त्य हुनै पर्नेमा जोड दिएका हुन् । 

‘एउटै विधेयकमा वर्षौँसम्म संसद्मा अल्झी राख्ने परम्परा अन्त्य हुनै पर्दछ । एउटा विधेयक संसद्मा टेबल भएको कति दिन भित्रमा पारित भइसक्नुपर्ने हो, त्यसको स्पष्टता पनि अब आवश्यक छ । मेरो विचारमा एउटा विधेयक संसद्मा टेबल भएपछि त्यसको ६ महिनाभित्रमा कानुनको स्वरूप धारण गरिसक्नुपर्ने व्यवस्था गर्न जरुरी छ,’ घिमिरेले भने ।  

राष्ट्रियसभा जस्तै प्रतिनिधिसभामा पनि विधेयक पारित गर्ने निश्चित अवधि तोक्न आवश्यक रहेको उनको भनाइ थियो । 

‘राष्ट्रियसभा जस्तै प्रतिनिधिसभामा पनि विधेयक पारित गर्ने निश्चित अवधि तोक्न आवश्यक छ । यस अधिवेशनबाट सबैको सहमतिले प्रतिनिधिसभाको विषयगत समितिले पनि तीन महिनाभित्र प्रस्तुत विधेयकलाई छिनोफानो गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभाले दुई महिनाभित्रमा र अन्य संसदीय काम कारबाहीको लागि थप एक महिनाको समय सीमा निर्धारण गरियो भने एउटा विधेयक ६ महिना भित्रमा पास हुन सक्दछ । त्यसपछि मात्र विधि निर्माणले एउटा गति लिन सक्दछ,’ प्रमुख सचेतक घिमिरेले भने ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १ : ४९ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज