लिङ्देनले सदनमा भने– रवीन्द्र मिश्रलाई छोड्नुस्, न्यायिक आयोग गठन गर्नुस् « Khabarhub

लिङ्देनले सदनमा भने– रवीन्द्र मिश्रलाई छोड्नुस्, न्यायिक आयोग गठन गर्नुस्


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुनःस्थापनाको माग गर्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले चैत १५ गते तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलाई रिहा गर्न माग गरेका हुन् ।

‘म गृहमन्त्रीजीलाई भन्न चाहन्छु– तपाईंहरू प्रजातन्त्रको पक्षमा हुनुहुन्छ, न्यायको पक्षमा हुनुहुन्छ भने रवीन्द्र मिश्रलगायतका मान्छेहरूलाई छोड्नुस्,’ अध्यक्ष लिङ्देनले भने, ‘र, न्यायिक आयोग गठन गरेर सत्यतथ्य बाहिर ल्याउनुस् ।’

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ३ : २१ बजे

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो