बारपाकः पर्यटकीय गन्तव्य बन्दै « Khabarhub

बारपाकः पर्यटकीय गन्तव्य बन्दै


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गोरखा – भूकम्पको इपिसेन्टर गोरखाको बारपाक अहिले पुनः निर्माण मात्र भएको छैन । बारपाक घुम्न आउने पर्यटकलाई लक्षित गरेर बारपाक गाउँभित्रै आकर्षक आन्तरिक पर्यटकीय गन्तव्य थपिँदै गएका छन् ।

गाउँपालिकाको पहलमा आन्तरिक तथा बाह्य पर्यटकलाई बारपाकतर्फ लोभ्याउन नयाँनयाँ घुम्न लायक गन्तव्यको विकास गर्न थालिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

अब बारपाक घुम्न आउने पर्यटकले बारपाकभित्रै कलात्मक ‘बुद्ध पार्क’ पनि घुम्न पाउनेछन् । बारपाकस्थित ताक्लेनान डाँडामा करिब ४५ लाखको लागतमा निर्माण गरिएको ‘बुद्ध पार्क’ अहिले बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै गएको छ ।

उक्त उद्यानमा बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्काइएको छ । बारपाकको सिङ्गो दृश्य देख्न सकिने स्थानमा निर्माण गरिएको ‘बुद्ध पार्क’ मा करिब पाँच फिट अग्लो बुद्धको मूर्ति आकर्षक ढङ्गले राखिएको छ ।

त्यस्तै उद्यानमा बौद्ध धर्म, संस्कृति झल्कने खालका मानीलगायतका सामग्री पनि रहेका छन् । भूकम्पपछि सिङ्गो गाउँलाई एकै ठाउँबाट दृश्यावलोकनका लागि गाउँपालिकाले निर्माण गरेको ‘भ्यू टावर’ बारपाकको अर्को आकर्षक गन्तव्य हो ।

त्यस्तै भुकम्पमा ज्यान गुमाएको सम्झनामा निर्माण भइरहेको भूकम्प स्मृति उद्यानको काम लगभग अन्तिम चरणमा रहेको अध्यक्ष भट्टले जानकारी दिए ।
‘सङ्घीय आयोजना कार्यान्वयन इकाइ पोखरामार्फत् निर्माण भइरहेको स्मृति उद्यानको थोरै मात्र काम बाँकी छ,’ उनले भने, ‘स्मृति उद्यानले बारपाकमा पर्यटकको आकर्षण अझै बढ्ने विश्वास छ ।’ उद्यान निर्माण गर्न १५ करोड ५१ लाख ७५ हजार रुपैयाँमा सम्झौता भएको छ ।

अध्यक्ष भट्टले बारपाक गाउँ अहिले पहाडको शहरका रुपमा स्थापित हुँदै गएको बताए । ‘इपिसन्टेर हेर्न र घुम्नका लागि देश भित्रका मात्र होइन बाहिरबाट पनि थुप्रै पर्यटक बारपाक आउन थालेका छन्,’ उनले भने, ‘भूकम्पले थलिएको बारपाक अब तङ्ग्रिसकेको छ ।’

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : ५० बजे

रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले