आनन्दीदेवी मृत्यु प्रकरणः छानबिन समितिले बयान लिँदै « Khabarhub

आनन्दीदेवी मृत्यु प्रकरणः छानबिन समितिले बयान लिँदै


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुरस्थित फूलबरीया मुसहरी टोलकी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीको छानबिन समितिले घटनासँग सम्बन्धित पक्षसँग विस्तृत बयान लिन सुरु गरेको छ ।

बिहीबार मृतक आनन्ददेवीको माइती पक्षको बयान लिने काम सकिएको प्रहरीको छानबिन समितिका संयोजक तथा मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

“हिजो मात्र हामीले मृतकको आमा र बुबाको बयान लिएका छौँ”, उनले भने, “घटनासँग सम्बन्धित मुद्दा फाँटका प्रहरीलगायत अन्य व्यक्तिको बयान लिने काम बाँकी छ । चाँडै सकिन्छ ।” कोइरालाले आगामी दुई हप्ताभित्र घटनाको विस्तृत अनुसन्धान प्रतिवेदन तयार पार्ने जानकारी दिए ।

गत पुस ९ गते मृतक आनन्ददेवीलाई गाउँकै दुई युवकद्वारा भएको यौन दुव्र्यवहार घटनामा न्याय खोज्दाखोज्दै वैशाख २ गते उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उक्त घटनाको सूक्ष्म अनुसन्धानका लागि गृहमन्त्री रमेश लेखकको निर्देशनबमोजिम वैशाख ४ गते प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो ।

जबर्जस्ती करणी भएको अढाइ महिनापछि गत फागुन २५ गते बल्ल उक्त घटनामा जबर्जस्ती करणी उद्योगको जाहेरी दर्ता भएको थियो । तर, मुद्दा दर्ता भए पनि आरोपितलाई प्रहरीले पक्राउ गरेको थिएन । आरोपित अझै फरार छन् ।

माइती पक्षद्वारा जाहेरी दिने तयारी

यस घटनामा मिलापत्र गराउन पीडकका परिवार, स्थानीय केही व्यक्ति र स्वयं प्रहरी समेत लागि परेको समाचार सार्वजनिक भएको थियो ।

यौन दुव्र्यवहारका आरोपित २२ वर्षीय सञ्जीवकुमार यादव, ३२ वर्षीय श्यामसुन्दर यादव र घटना गाउँमै मिलाउन खोज्ने दुवै आरोपितका बुबा, स्थानीय तथा प्रहरीविरुद्ध पनि जाहेरी दिने तयारी गरिएको मृतक आनन्दीदेवीकी आमा बिलटौनदेवी सदायले जानकारी दिए । यौन दुव्र्यवहारका दुवै आरोपितमाथि जबर्जस्ती करणी उद्योगमा प्रहरीमा मुद्दा दर्ता भइसकेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ८ : ३९ बजे

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग