न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता « Khabarhub

न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले लैङ्गिक न्याय प्रवर्द्धन र न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय महिला आयोगको आयोजनामा आज यहाँ आयोजित प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री कँडेलले न्यायिक समितिका सदस्यहरूका समस्याबारे जानकारी लिँदै प्रदेश सरकार न्यायिक समितिका लागि आवश्यक सुधार गर्न प्रतिबद्ध रहेको बताए ।

न्यायिक समितिका प्रतिनिधिहरूले सरकार समक्ष बालविवाह, बहुविवाह, घरेलु हिंसा र ठगीका उजुरीहरूको बढ्दो सङ्ख्या र यससँग सम्बन्धित संरचनागत समस्याबारे जानकारी गराएका थिए । न्यायिक समितिका लागि कानुनी परामर्शदाताको अभाव, बजेटको कमी, समन्वयको समस्या र पीडितलाई तत्काल न्याय नपाउने जस्ता चुनौती प्रमुख रुपमा प्रस्तुत गरिएको थियो ।

मुख्यमन्त्री कँडेलले यस अवस्थालाई गम्भीरतापूर्वक लिएको बताउँदै भने, “तपाईंहरूको कुरा हामीले सुनेका छौँ र कर्णाली प्रदेश सरकार तपाईंहरूका लागि गर्नुपर्ने काम पूरा गर्नेछ ।’’ उनले सरकारले आफ्नो क्षमताअनुसार काम गर्ने र सबैको समन्वयले मात्रै न्यायको पहुँचलाई सुदृढ बनाउने उल्लेख गरे ।

मुख्यमन्त्री कँडेलले आगामी बजेटमा सामाजिक न्याय र पीडितमैत्री न्याय प्रणाली सुदृढीकरणका लागि प्राथमिकता दिने बताए । उनले न्यायको पहुँचलाई गाउँ र सहरसम्म पु¥याउन समन्वय र सहकार्यका माध्यमबाट काम अघि बढाउने योजना सरकारको रहेको उल्लेख गरे ।

कार्यक्रममा न्यायिक समितिका सदस्यहरूले सरकारसँगको समन्वयलाई अझ प्रभावकारी बनाउन, महिला कानुनी परामर्शदाताको सङ्ख्या बढाउन र न्यायिक सेवा केन्द्रहरूको भौगोलिक पहुँचलाई सुदृढ पार्न आवश्यकता औँल्याएका थिए ।

प्रदेश प्रहरीका प्रवक्ता शिवकुमार श्रेष्ठले प्रहरी समक्ष लैङ्गिक हिंसाका उजुरी धेरै आउने गरेको बताए । “बलात्कारका उजुरीहरू सबैभन्दा धेरै छन्”, उनले भने, “त्यसपछि बहुविवाह र घरेलु हिंसा प्रमुख छन् । बालविवाहको उजुरी भने समुदायमै मिलाइने भएकाले प्रहरीसम्म पुग्दैन ।”

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ८ : ५८ बजे

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग