कांग्रेस सह-महामन्त्रीको समाचारमा धनुषाका एसपी तिवारीको चासो « Khabarhub

कांग्रेस सह-महामन्त्रीको समाचारमा धनुषाका एसपी तिवारीको चासो


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा लुटपाटमा परेको कोटेश्वरको भाटभटेनी सुपर प्रकरणबारे खबरहबले लेखेको समाचारमा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले चासो राखेका छन् ।

कांग्रेस सह-महामन्त्री महेन्द्र यादवका छोरासमेत भाटभटेनी लुटपाटमा जोडिएको समाचार खबरहबमा प्रकाशित भएपछि एसपी तिवारीले चासो राखेका हुन् ।

उनले उक्त समाचारलाई लिएर नेपाली कांग्रेसनिकट तरूण दलका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा आएर दबाब दिएको भन्दै मधेश प्रदेशस्थित खबरहबकर्मी सुमित मिश्रलाई कार्यालयमा हाजिर हुन भनेका हुन् ।

खबरहबको काठमाडौं डेस्कले लेखेको समाचारमा मधेश प्रदेशका सहकर्मी मिश्रलाई जाहेरी नै परेको भन्दै तिवारीले कार्यालयमा हाजिर हुन दबाबसमेत दिएका छन् ।

राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबारको संसद् बैठकमा भाभटेनी लुटमा कांग्रेसका एकजना सह-महामन्त्रीका छोरा संलग्न रहेको कुरा बताएका थिए । उनले ती नेताका छोरालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको अवस्थामा गृहमन्त्री रमेश लेखकको दबाबमा छाडेको बताएका थिए ।

प्रहरी स्रोत र लिङ्देननिकटले खबरहबलाई बताएअनुसार भाटभटेनी लुटमा कांग्रेस सह(महामन्त्री यादवका छोराको संलग्नता थियो । त्यस प्रकरणमा टिकटक भिडियो र सीसीटीभी फुटेजका आधारमा यादवका छोरालाई प्रहरीले पक्राउ गरेर पनि राजनीतिक दबाबमा मुद्दा अघि नबढाई छाडेको थियो ।

याे पनि…

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

भाटभटेनी लुटपाटमा पक्राउ परेका थिए कांग्रेस सह–महामन्त्री यादव पुत्र

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ९ : ४९ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण