कांग्रेस सह-महामन्त्रीको समाचारमा धनुषाका एसपी तिवारीको चासो « Khabarhub

कांग्रेस सह-महामन्त्रीको समाचारमा धनुषाका एसपी तिवारीको चासो


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा लुटपाटमा परेको कोटेश्वरको भाटभटेनी सुपर प्रकरणबारे खबरहबले लेखेको समाचारमा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले चासो राखेका छन् ।

कांग्रेस सह-महामन्त्री महेन्द्र यादवका छोरासमेत भाटभटेनी लुटपाटमा जोडिएको समाचार खबरहबमा प्रकाशित भएपछि एसपी तिवारीले चासो राखेका हुन् ।

उनले उक्त समाचारलाई लिएर नेपाली कांग्रेसनिकट तरूण दलका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा आएर दबाब दिएको भन्दै मधेश प्रदेशस्थित खबरहबकर्मी सुमित मिश्रलाई कार्यालयमा हाजिर हुन भनेका हुन् ।

खबरहबको काठमाडौं डेस्कले लेखेको समाचारमा मधेश प्रदेशका सहकर्मी मिश्रलाई जाहेरी नै परेको भन्दै तिवारीले कार्यालयमा हाजिर हुन दबाबसमेत दिएका छन् ।

राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबारको संसद् बैठकमा भाभटेनी लुटमा कांग्रेसका एकजना सह-महामन्त्रीका छोरा संलग्न रहेको कुरा बताएका थिए । उनले ती नेताका छोरालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको अवस्थामा गृहमन्त्री रमेश लेखकको दबाबमा छाडेको बताएका थिए ।

प्रहरी स्रोत र लिङ्देननिकटले खबरहबलाई बताएअनुसार भाटभटेनी लुटमा कांग्रेस सह(महामन्त्री यादवका छोराको संलग्नता थियो । त्यस प्रकरणमा टिकटक भिडियो र सीसीटीभी फुटेजका आधारमा यादवका छोरालाई प्रहरीले पक्राउ गरेर पनि राजनीतिक दबाबमा मुद्दा अघि नबढाई छाडेको थियो ।

याे पनि…

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

भाटभटेनी लुटपाटमा पक्राउ परेका थिए कांग्रेस सह–महामन्त्री यादव पुत्र

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ९ : ४९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका