पर्सामा चार ठाउँबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिने « Khabarhub

पर्सामा चार ठाउँबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिने


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

पर्सा – जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको सङ्ख्या अत्यधिक भएसँगै चार ठाउँबाट विवरण सङ्कलन गर्नेभएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले वैशाख १४ गतेदेखि पर्सामा चार स्थानबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाह गरिने जानकारी दिए ।

“विगत केही दिनदेखि कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्यधिक बढेको हुँदा सेवाग्राहीको सुविधा र सहजतालाई ध्यानमा राखेर चार स्थानबाट सेवा प्रवाह गर्न लागिएको छ”, उनले भने ।

जिल्ला प्रशासन कार्यालयबाट विन्दवासिनी गाउँपालिका, बहुदरमाई नगरपालिका,पर्सागढी नगरपालिका, सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीको राष्ट्रिय परिचयको विवरण सङ्कलन गरिनेछ । इलाका प्रशासन कार्यालय सुपौलीबाट जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकाका सेवाग्राहीको विवरण सङ्कलन गरिनेछ ।

त्यस्तै वीरगञ्ज महानगरपालिका कार्यालयबाट महानगरका ३२ वटै वडाका सेवाग्राहीको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिनेछ । पोखरिया नगरपालिका कार्यालयबाट पोखरिया नगरपालिका, छिपरमाई, पकहाँमैनपुर, धोविनी र कालिकामाई गाउँपालिकाको सेवाग्राहीको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिनेछ ।

पर्सा जिल्लाबाट दुई लाख ७५ हजारभन्दा धेरै सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाइसकेका छन् । सहायक प्रजिअ कार्कीले ४० हजार राष्ट्रिय परिचयपत्रको कार्ड छपाइ भएर आइसकेको जानकारी दिए। “अहिलेसम्म २३ हजार भन्दा धेरै सेवाग्राहीले छापिएर आएको राष्ट्रिय परिचयपत्र लिइसक्नुभएको छ,” उनले भने ।

कार्यालयले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक,अपाङ्गता, गर्भवती र वैदेशिक रोजगारीमा तुरुन्तै जानुपर्ने सेवाग्राहीलाई प्रथामिकतामा राख्दै काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १० : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै