आईपीएलः रिज्भीको शानदार ब्याटिङमा पञ्जाबविरुद्ध दिल्ली ६ विकेटले विजयी « Khabarhub

आईपीएलः रिज्भीको शानदार ब्याटिङमा पञ्जाबविरुद्ध दिल्ली ६ विकेटले विजयी


११ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिसकेको दिल्ली क्यापिटलले दोस्रो स्थानको पञ्जाब किंग्सविरुद्ध शानदार जित निकालेको छ।

सिजनको अन्तिम खेलमा शनिबार राति दिल्लीले पञ्जाबलाई ६ विकेटले हराएको हो। प्रतियोगिताबाट बाहिरिएको टिमसँगको यो हारसँगै दोस्रो स्थानको पञ्जाबले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

पन्जाबले दिएको २०७ रनको लक्ष्य पछ्याएको दिल्लीले ३ बल बाँकी रहँदा चार विकेटको क्षतिमा २०८ रन जोडेको हो।

दिल्लीका लागि समीर रिज्भीले अविजित रहँदै २५ बलमा ५८ रन प्रहार गरे। उनको पारीमा तीन चौका र पाँच छक्का समावेश थियो। करुण नैरले २७ बलमा ४२ रन जोडे। दिल्लीका हरप्रित बरले दुई विकेट हात पारेका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले आठ विकेटको क्षतिमा २०६ रनको योगफल खडा गरेको थियो। पञ्जाबका लागि मार्कस स्टोनिसले अविजित रहँदै १६ बलमा ४४ रन जोडे। उनको धुवाँदार पारीमा तीन चौका र चार छक्का समावेश थियो। कप्तान श्रेयास ऐयारले ३४ बलमा ५३ तथा जोस इङ्लिसले १२ बलमा ३२ रन प्रहार गरे।

दिल्लीका मुस्ताफिजुर रहमानले ४ ओभरमा ३३ रन खर्चेर तीन विकेट लिए। विपराज निगम र कुलदीप यादवले समान दुई विकेट लिए। पञ्जाब १७ अङ्कसहित दोस्रो स्थानमा छ। शीर्ष स्थानको गुजरात टाइटानको १८ अङ्क छ। दिल्लीले भने सबै खेल सकेर १५ अङ्क जोडेको छ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ५ : ४८ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ