आईपीएलः रिज्भीको शानदार ब्याटिङमा पञ्जाबविरुद्ध दिल्ली ६ विकेटले विजयी « Khabarhub

आईपीएलः रिज्भीको शानदार ब्याटिङमा पञ्जाबविरुद्ध दिल्ली ६ विकेटले विजयी


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिसकेको दिल्ली क्यापिटलले दोस्रो स्थानको पञ्जाब किंग्सविरुद्ध शानदार जित निकालेको छ।

सिजनको अन्तिम खेलमा शनिबार राति दिल्लीले पञ्जाबलाई ६ विकेटले हराएको हो। प्रतियोगिताबाट बाहिरिएको टिमसँगको यो हारसँगै दोस्रो स्थानको पञ्जाबले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

पन्जाबले दिएको २०७ रनको लक्ष्य पछ्याएको दिल्लीले ३ बल बाँकी रहँदा चार विकेटको क्षतिमा २०८ रन जोडेको हो।

दिल्लीका लागि समीर रिज्भीले अविजित रहँदै २५ बलमा ५८ रन प्रहार गरे। उनको पारीमा तीन चौका र पाँच छक्का समावेश थियो। करुण नैरले २७ बलमा ४२ रन जोडे। दिल्लीका हरप्रित बरले दुई विकेट हात पारेका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले आठ विकेटको क्षतिमा २०६ रनको योगफल खडा गरेको थियो। पञ्जाबका लागि मार्कस स्टोनिसले अविजित रहँदै १६ बलमा ४४ रन जोडे। उनको धुवाँदार पारीमा तीन चौका र चार छक्का समावेश थियो। कप्तान श्रेयास ऐयारले ३४ बलमा ५३ तथा जोस इङ्लिसले १२ बलमा ३२ रन प्रहार गरे।

दिल्लीका मुस्ताफिजुर रहमानले ४ ओभरमा ३३ रन खर्चेर तीन विकेट लिए। विपराज निगम र कुलदीप यादवले समान दुई विकेट लिए। पञ्जाब १७ अङ्कसहित दोस्रो स्थानमा छ। शीर्ष स्थानको गुजरात टाइटानको १८ अङ्क छ। दिल्लीले भने सबै खेल सकेर १५ अङ्क जोडेको छ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ५ : ४८ बजे

अस्ट्रेलियाली सरकारी स्वास्थ्य पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेलबर्न- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईको कृत्रिम बौद्धिकता (एआई) प्रणालीले सरकारी

ट्रम्प–सी वार्तामा व्यापार, प्रविधि र क्षेत्रीय सुरक्षा प्रमुख विषय

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार

नेप्से परिसूचक ११ अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

खोरेतको खोप गोठगोठमै खोप

झापा– गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै  जिल्लाका १५ वटै पालिकाका किसानले

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

काठमाडौं– जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा