मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु « Khabarhub

मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

पोखरा – तनहुँको दमौली नजिकै मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शनिबार राति करिब साढे ११ बजेतिर दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप पुलबाट नदीमा खसेको हो। पुलको रेलिङ तोड्दै जिप नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा परी व्यास नगरपालिका–५ निवासी कुशल मगर, प्रविन मगर र कुमार मगरको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालक रोहित गुट्टा र धिरज रौनिहार मध्ये रौनिहारलाई प्रारम्भिक उपचारपछि पोखरा पठाइएको छ भने गुट्टाको उपचार दमौली अस्पतालमै भइरहेको छ।

जिपमा पाँच जना सवार थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ६ : १५ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि