गण्डकी प्रदेशसभा सदस्य शेरचनबाट राजीनामाको चेतावनी  | Khabarhub Khabarhub

गण्डकी प्रदेशसभा सदस्य शेरचनबाट राजीनामाको चेतावनी 


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

पोखरा– सत्ता टिकाउन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फरक दलका सांसदलाई मन्त्री पद दिएर सत्ता टिकाउन गणित मिलाएका छन् । तर आफ्नै दलका सदस्यहरूलाई भने बेवास्ता गर्ने गरेको आरोप मुख्यमन्त्रीमाथि लाग्दै आएको छ ।

यस्तै आरोपकाबीच गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले आफूले राखेका मागहरू बारम्बार उपेक्षा हुँदै आएको भन्दै राजीनामा दिने चेतावनी दिएका छन् । शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा राजीनामाको नमूना सार्वजनिक गर्दै शेरचनले गम्भीर असन्तुष्टि जनाएका हुन् । शेरचन नेपाली कांग्रेसकातर्फबाट मुस्ता (२) बाट गण्डकी प्रदेशसभामा निर्वाचित सांसद हुन् । 

शेरचन आइतबार बसेको संसदीय दलको बैठकबाट बीचैमा बाहिरिएका थिए । बैठकमा कुरा राख्ने क्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनी बैठकबाट बाहिरिएका थिए । मुख्यमन्त्रीले बर्खे अधिवेशन सुरु हुने अघिल्लो दिन शनिबार बिहान दलका पदाधिकारीको बैठक र दिउँसो दलको पूर्ण बैठक डाकेका थिए ।

सभामुखलाई सम्बोधन गरी फेसबुकमा सार्वजनिक गरिएको राजीनामा पत्रमा शेरचनले लेखेका छन्, ‘श्रीमान्, गहिरो आत्ममन्थनपछि म, गण्डकी प्रदेशसभाको सदस्य विकल शेरचन, पदबाट तत्काल लागू हुने गरी राजीनामा दिन चाहन्छु।’

उनले अघिल्लो र चालु वर्षको बजेटमा समेत दुर्गम क्षेत्रका आवश्यकताहरू बेवास्ता गरिएको आरोप लगाएका छन्। ‘मुस्ताङ जस्तो संवेदनशील, भौगोलिक रूपमा जटिल र सम्भावनायुक्त जिल्लालाई प्राथमिकतामा राखिनुपर्ने हो, तर बजेट निर्माण प्रक्रियाले यसलाई निरन्तर पछाडि पार्ने प्रवृत्ति देखाएको छ,’ शेरचनले लेखेका छन् ।

उनका अनुसार पूर्वाधार विकास, आर्थिक सशक्तीकरण, उच्च हिमाली स्वास्थ्य जोखिम न्यूनीकरण, जलवायु अनुकूलन र युवाका लागि अवसर सिर्जना गर्नेजस्ता विषयमा आफूले दिएको आग्रह उपेक्षित हुँदै आएको छ ।

राजीनामालाई उनले आन्तरिक असहमति र राजनीतिक प्रणालीप्रतिको गम्भीर चिन्ताको अभिव्यक्ति भनेका छन्। ‘यो कुनै भागदौड होइन, बरु एक जिम्मेवार अपिल हो । यसले हाम्रो राजनीतिक र नीतिगत प्रणालीलाई आत्मसमीक्षा गर्न प्रेरणा देओस् भन्ने मेरो आशा छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ७ : २६ बजे

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

पर्वत– खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको

जिप दुर्घटनामा एक जनाको मृत्यु

दार्चुला– मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि

पर्यटक लोभ्याउँदै पुरन्धरा झरना

दाङ– पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज