यसरी पुनर्निर्माण हुँदैछ लिच्छविकालीन ‘इखा पुखु’ (तस्बिरहरू) « Khabarhub

यसरी पुनर्निर्माण हुँदैछ लिच्छविकालीन ‘इखा पुखु’ (तस्बिरहरू)


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर १७, १८ र २५ को बीचमा अवस्थित इखा पुखु (पोखरी)को काठमाडौं महानगरपालिकाले पुनर्निर्माण थालेको छ ।

यो एउटा ऐतिहासिक पोखरी हो । जसले स्थानीय समुदायसँग गहिरो धार्मिक र सामाजिक सम्बन्ध बोकेको छ ।

काठमाडौं महानगरपालिकाभित्र रहेका प्रख्यात हिटीहरू जस्तै मरुहिटी, कोहिटी र अन्य ढुङ्गे धाराहरूसँग पनि इखा पुखुको अन्तरसम्बन्ध रहेको स्थानीय जानकारहरू बताउँछन् ।

विज्ञहरूका अनुसार पानीको स्रोत व्यवस्थापन गर्न काठमाडौंको उत्तरी सिरान क्षेत्रपाटीमा यो पोखरी निर्माण गरिएको थियो ।

कुनै समय क्षेत्रपाटी नै सहरको उत्तरी सिमाना थियो र त्यसभन्दा पर बस्ती थिएन । त्यसैले स्थानीय बासिन्दाले पानी जम्मा गर्न इखा पुखु बनाएका थिए र नजिकै इखानारायण मन्दिर स्थापना गरेका थिए । त्यसबेला यो पोखरी काठमाडौंको जमिनमा पानी पुनर्भरणको प्रमुख स्रोतको रूपमा थियो ।

तर, विभिन्न कालखण्डमा यो पोखरीको अस्तित्व मेटाउने प्रयासहरू भए । लामो समयको प्रयासपछि काठमाडौं महानगरपालिकाले इखा पुखुको पुनर्निर्माण कार्यलाई अगाडि बढाएको छ । हालसम्म पोखरीमा थुप्रिएको फोहोर, झार र २०७२ सालको भूकम्पपछि भत्किएका घरहरूको अवशेष हटाइएको छ ।

सुरुमा २ फिट उत्खनन गरिएको थियो, तर पुराना तहहरू भेटिएपछि थप १ फिट गहिरो खनियो। त्यसपछि मात्र पुरानो कालो माटो भेटिएको थियो ।  महानगरपालिकाले बाउन्ड्री वाल निर्माणको तयारी पनि पूरा गरेको छ ।

३ करोड ६४ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भइरहेको यो पोखरीको क्षेत्रफल करिब साढे ७ रोपनी छ, जसमध्ये ६ रोपनी क्षेत्र पानीका लागि छुट्याइएको छ ।

पोखरीको वरिपरि २ मिटर चौडाइको पैदलमार्ग निर्माण गरिनेछ । जहाँ मानिसहरू हिँड्न, र पोखरीको शान्त वातावरण महसुस गर्न सक्नेछन् ।

यो केवल संरचनात्मक पुनर्निर्माण मात्र होइन, यसमा आकाशे पानी सङ्कलन प्रणाली पनि बनाइने छ। पोखरीको पुनर्निर्माणले जल प्रणाली (ब्लु ल्याण्डस्केप) को पुनःस्थापना गर्नेछ । यो प्रयास जलचक्र, वातावरण, र सम्पदासँग पुनः सम्बन्ध जोड्ने साझा सङ्कल्प रहेको महानगरले बताएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ९ : ५१ बजे

इरानका सर्वोच्च नेता खामेनेईको हत्याको विरोधमा काश्मीरमा विशाल प्रदर्शन

श्रीनगर- इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको हत्याको खबर सार्वजनिक

ओमानको बन्दरगाहमा ड्रोन आक्रमणमा परी विदेशी कामदार घाइते

काठमाडौं- ओमानको दुक्म बन्दरगाहमा ड्रोन आक्रमण भएको छ । ओमान

इरानले यूएईमा हान्यो १३७ मिसाइल र २०९ ड्रोन, जेबेल बन्दरगाहमा आगलागी, दुबई एयरपोर्टमा एक जनाको मृत्यु

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले शनिबार इरानले

कराचीको अमेरिकी दूतावासमा आक्रमण, कम्तीमा ६ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानमा आइतबार एक उग्र भीडले संयुक्त राज्य अमेरिकाको वाणिज्य दूतावासमा

निर्वाचनको दिन यी सवारी साधन चलाउन चाहिँदैन पास

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन अत्यावश्यक सवारी साधनलाई