जेठ अन्तिमदेखि ग्वार्को फ्लाइओभरमा गाडी चल्छ : यातायातमन्त्री  « Khabarhub

जेठ अन्तिमदेखि ग्वार्को फ्लाइओभरमा गाडी चल्छ : यातायातमन्त्री 


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जेठको अन्तिमदेखि ललितपुरस्थित ग्वार्काे चोकको फ्लाइओभरमा गाडी सञ्चालन हुने बताएका छन् ।

फ्लाइओभरको आइतबार स्थलगत निरीक्षण गर्दै मन्त्री दाहालले जेठको अन्तिमसम्म सबै काम सम्पन्न गरेर फ्लाइओभरमा गाडी सञ्चालन हुने जानकारी दिए ।

फ्लाइओभर सञ्चालन भएपछि सो क्षेत्रको जाम अन्त्य हुने उनको दाबी छ । अहिले फ्लाइओभरको बीचमा माटो भरेर एकातिर कालोपत्रे भइसकेको छ भने अर्को तर्फ पनि कालोपत्रे गर्ने तयारी भइरहेको छ । कालोपत्रे गर्ने काम सम्पन्न भएपछि सवारी आवागमन खुला गरिने मन्त्री दाहालले बताए ।

यस्तै, उनले महत्वपूर्ण आयोजनाहरू समयमा नै सम्पन्न नहुने समस्या समाधानका लागि नियम कानूनमा संशोधन गर्ने गरि अघि बढिरहेको र विकासका काममा हुने ढिलाईलाई निरुत्साहित पारिने उल्लेख गरे । मन्त्री दाहालले वर्षायाममा विभिन्न राजमार्गमा हुनसक्ने अवरोधलाई तत्काल हटाउनका लागि हाइअलर्ट भएर बसेको जानकारी दिए ।

सडक विभागले ईपीसी मोडलमा फ्लाइओभर निर्माण गर्ने गरी २०७८ माघमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग ठेक्का सम्झौता गरेको थियो । समयमा नै निर्माण सम्पन्न नभएपछि पटकपटक थप गरेर दिएको अन्तिम म्याद गत पुस ८ गते नै सकिसकेको छ । म्याद सकिएपछि निर्माण कम्पनीले निरन्तर काम गर्दै आएको छ ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  १२ : ४८ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि