'ललितपुर महानगरमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार तयार भइरहेका छन्' | Khabarhub Khabarhub

‘ललितपुर महानगरमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार तयार भइरहेका छन्’


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् जोखिम न्यूनीकरणका लागि नगरका विभिन्न स्थानमा पूर्वाधार तयार भइरहेको बताएका छन् । 

आइतबार ललितपुरमा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम उद्घाटन गर्दै महर्जनले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार आवश्यक रहेकाले विभिन्न चार स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार तयार भइरहेको बताएका हुन् । 

उनले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार निर्माणका लागि यस वर्षमात्रै पाँच करोड रुपैयाँ बजेट छुट्याएर काम भइरहेको धारणा राखे । 

महर्जनले विपद् जोखिम न्यूनीकरणका लागि पाँच वटा डुङ्गा खरिद गर्न लागिएको बताए । अहिले पाटन क्षेत्रमा धेरै नै ट्राफिक चाप बढेकाले दमकल समेत सहज रूपमा आवतजावत गर्न कठिन भएको उनले बताए । 

महर्जनले विपद् न्यूनीकरणका क्षेत्रमा सक्रिय भएर लागे पनि महानगरलाई कानूनी जटिलताका कारण काम गर्न कठिन भएको धारणा राखे । 

उनले पर्याप्त स्रोत साधन हुँदाहुँदै पनि जनशक्ति दक्ष नहुँदा विपद् व्यवस्थापनमा समस्या भएकाले महानगरका नगर प्रहरीलाई लक्षित गरेर विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम दिइएको जानकारी दिए । 

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ४ : ०७ बजे

कैलाली कारागारमा रहेका एक कैदीको मृत्यु, परिवारले गरे हत्याको शंका 

धनगढी– कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ

तेहरान छाड्न आफ्ना नागरिकलाई भारतको अनुरोध

काठमाडौं – भारतले इरानको राजधानी तेहरानमा भएका आफ्नो नागरिकलाई त्यो

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं– काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु

सिरहामा पाँच वर्षमा खानेपानी आयोजना सम्पन्न

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका– १३ स्थित डावर र नैनपुरटोलमा खानेपानी

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते