‘ललितपुर महानगरमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार तयार भइरहेका छन्’ « Khabarhub

‘ललितपुर महानगरमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार तयार भइरहेका छन्’


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् जोखिम न्यूनीकरणका लागि नगरका विभिन्न स्थानमा पूर्वाधार तयार भइरहेको बताएका छन् । 

आइतबार ललितपुरमा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम उद्घाटन गर्दै महर्जनले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार आवश्यक रहेकाले विभिन्न चार स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार तयार भइरहेको बताएका हुन् । 

उनले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार निर्माणका लागि यस वर्षमात्रै पाँच करोड रुपैयाँ बजेट छुट्याएर काम भइरहेको धारणा राखे । 

महर्जनले विपद् जोखिम न्यूनीकरणका लागि पाँच वटा डुङ्गा खरिद गर्न लागिएको बताए । अहिले पाटन क्षेत्रमा धेरै नै ट्राफिक चाप बढेकाले दमकल समेत सहज रूपमा आवतजावत गर्न कठिन भएको उनले बताए । 

महर्जनले विपद् न्यूनीकरणका क्षेत्रमा सक्रिय भएर लागे पनि महानगरलाई कानूनी जटिलताका कारण काम गर्न कठिन भएको धारणा राखे । 

उनले पर्याप्त स्रोत साधन हुँदाहुँदै पनि जनशक्ति दक्ष नहुँदा विपद् व्यवस्थापनमा समस्या भएकाले महानगरका नगर प्रहरीलाई लक्षित गरेर विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम दिइएको जानकारी दिए । 

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ४ : ०७ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त