रुसी आक्रमणमा १२ युक्रेनी मारिए « Khabarhub

रुसी आक्रमणमा १२ युक्रेनी मारिए


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनमा गयराति भएको रुसी आक्रमणमा परी १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
 
युक्रेनको आपतकालीन सेवाले राजधानी किएभसहित युक्रेनी विभिन्न भूभागमा रुसले लगातार दोस्रो रात ठूलो हवाई आक्रमण गरेको छ । युक्रेनले आक्रमणलाई ‘आतंकको रात’ भनेको छ । 

सन् २०२२ को फेब्रुअरीमा मस्कोले पूर्ण रूपमा आक्रमण सुरु गरेयता दुवै पक्षले सबैभन्दा ठूलो कैदी आदानप्रदान गरेको र संयुक्त राज्य अमेरिकाले तीन वर्ष पुरानो युद्ध रोक्न युद्धविरामको मध्यस्थता कोसिस गरिरहेको बेला यी आक्रमणहरू भएका हुन् ।

रुसको पछिल्लो आक्रमणमा आठ र १२ वर्षका दुई बालबालिका र उत्तरपश्चिमी क्षेत्र झितोमिरमा १७ वर्षीय एक किशोरको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा भनेका छन्, ‘रुसी नेतृत्वमाथि कडा दबाब बिना यो क्रूरता रोक्न सकिँदैन ।’

“निश्चित रूपमा प्रतिबन्धले रूसी आक्रमण नियन्त्रण गर्न र रूसलाई युद्धविरामका लागि दबाब दिन मद्दत गर्नेछ,” उनले संयुक्त राज्य अमेरिका, युरोपेली देश र ‘शान्ति चाहने विश्वभरका सबैलाई’ मस्कोलाई युद्ध रोक्न ‘दृढता’ देखाउन आह्वान गरे।
 
युक्रेनको सेनाले आइतबार बिहान ४५ वटा रुसी क्षेप्यास्त्र र २६६ वटा आक्रमणमा प्रयोग गरिएका ड्रोन खसालेको जनाएको छ । यसैबीच, रुसले शनिबार राति र आइतबार बिहान गरी ११० वटा युक्रेनी ड्रोन खसालेको जनाएको छ ।
 
युक्रेनको पश्चिमी खमेल्निट्स्की क्षेत्रमा चार जना, किएभ क्षेत्रमा चार जना र दक्षिणमा माइकोलाइभमा एक जनाको मृत्यु भएको छ ।
आपतकालिन सेवाका अनुसार किएभ क्षेत्रमा तीन बालबालिकासहित १६ जना घाइते भएका छन् ।
 
अवकाशप्राप्त ६५ वर्षीया महिला तेतियाना इयान्कोभस्काले किएभको दक्षिणपश्चिममा रहेको मखालिभका गाउँमा एएफपीसँग भने, “हामीले सडकमा पूरै आगो लागेको देखेका थियौँ । 

आक्रमणबाट बच्न सफल अर्का अवकाशप्राप्त ६४ वर्षीय ओलेस्कान्दरले युद्धविरामका विषयमा हुने वार्तामा आफूलाई विश्वास नभएको बताए। 
 
उनले भने, ‘हामीलाई वार्ताको आवश्यकता छैन, तर उनीहरूलाई (रुसीहरूलाई) रोक्न धेरै हतियारचाहिएको छ।रुसले बल मात्र बुझ्छ, अरु केही बुझ्दैन।’

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ५ : १२ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त