चार सयबढी पर्यटकले अवलोकन गरे बाँके निकुञ्ज « Khabarhub

चार सयबढी पर्यटकले अवलोकन गरे बाँके निकुञ्ज


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जमा चार सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन र वन्यजन्तुको दृश्यावलोकन गरेका छन् ।

निकुञ्ज मध्यवर्ती क्षेत्रमा सञ्चालित घरबास कार्यक्रममार्फत गत साउनदेखि हालसम्म आन्तरिक तथा बाह्य पर्यटक गरी चार सय ३० जनाले निकुञ्ज अवलोकन तथा दृश्यावलोकन गरेको बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मन्दीप पङ्गेनीले जानकारी दिए । यी पर्यटकमध्ये सबैभन्दा बढी मङ्सिरमा ८२ र सबैभन्दा कम साउनमा १२ जना यहाँ आएका छन् ।  ती पर्यटकमध्ये विदेशी पर्यटक अर्थात्  सार्क राष्ट्रका २१ जना मात्र पर्यटक रहेका छन् ।

निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बाघ संरक्षणमा सफलता हासिल गरे पनि पर्यापर्यटनको विकास हुन नसकेको बताए।  निकुञ्जले दुई सय किलोमिटर वन पथ निर्माण, घाँसेमैदान र कृत्रिम पानी पोखरीको व्यवस्थासँगै आहारा प्रजातिको सङ्ख्या वृद्धि गरेको उनको भनाइ छ ।

मध्यवर्ती क्षेत्रमा घुम्न आउने पर्यटकलाई निकुञ्ज अवलोकनमा ल्याउन होमस्टे तथा होटल व्यवसायीले जोड दिनुपर्ने भन्दै कँडेलले पर्यटकको सहजताका लागि व्यवसायीले सफारीको प्रबन्ध गर्नुपर्ने आवश्यकता औँल्याए । 

हाल बाघ संरक्षणमा निकुञ्जले सफलता हासिल गरेको छ । सन् २०२२ को सर्वेक्षणअनुसार बाँके राष्ट्रिय  निकुञ्जमा २५ वटा बयस्क बाघ रहेका छन् । 

निकुञ्ज प्रमुख कँडेलले यहाँ अन्य संरक्षित क्षेत्रहरूमा नपाइने लोपोन्मुख वन्यजन्तु चौका पनि धेरै सङ्ख्यामा देखिन थालेका छन् । यस्तै, स्तनधारी वन्यजन्तु ३४, चरा २७६ , सरीसृप २४, उभयचर नौ र माछा ५५ गरी चार सय २२ प्रजाति रहेका छन् । निकुञ्ज संरक्षणमा अवैध चोरी सिकार, मानव–वन्यजन्तुबीचको द्वन्द्व, वन डढेलो, अतिक्रमण, मिचाहा प्रजातिको विस्तार, अव्यवस्थित पूर्वाधार, सीमित उद्धार क्षमतालगायत चुनौती रहेको प्रमुख कँडेलको भनाइ छ । 

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ५ : ५६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्