ताइवानले गर्‍यो नयाँ क्षेप्यास्त्र परीक्षण « Khabarhub

ताइवानले गर्‍यो नयाँ क्षेप्यास्त्र परीक्षण


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताइवानले नयाँ क्षेप्यास्त्र टिइन कुङ चतुर्थको परीक्षण गरेको छ । ताइवानी सेनाले उक्त क्षेप्यास्त्रको प्रारम्भीरक परीक्षण गरेको हो ।

ताइपेइ टाइम्सका अनुसार आगामी वर्षदेखि यस क्षेप्यास्त्रको पूर्णस्तरमा उत्पादन थालिनेछ । जमिनबाट आकाशमा मार हान्ने यस क्षेप्यास्त्रको मारक दूरी ७० किलोमिटर रहेको उक्त समाचार संस्थाले उल्लेख गरेको छ ।

यस क्षेप्यस्त्रले दुश्मनको लडाकु विमानमात्रै नभइ क्रुज क्षेप्यास्त्र र ब्यालेस्टिक क्षेप्यास्त्र पनि खसाल्न सक्ने दाबी गरिएको छ । चीनसँग तनाव बढिरहेका बेला ताइवानले नयाँ क्षेप्यास्त्र परीक्षण गरेको हो ।

पछिल्लो समय ताइवानले आफ्नो रक्षा बजेट वृद्धि गर्ने तयारी पनि गरिरहेको छ । समाचारमा जनाइएअनुसार ताइवानले आफ्नो रक्षा बजेट बढाएर कुल ग्राहस्थ उत्पादनको ३ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  २ : ३३ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।