काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई ऊर्जामन्त्री खड्काको निर्देशन | Khabarhub Khabarhub

काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई ऊर्जामन्त्री खड्काको निर्देशन


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

ऊर्जा मन्त्रालय र मातहतका उच्च कर्मचारीको आज मन्त्रालयमा बसेको बैठकमा उनले काममा अल्छीपन र ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन् ।

“मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने कुरा आएको छ, तीन दिनभित्र कुनै पनि फाइलको छिनोफानो हुनेगरी काम गर्नुहोस्”, मन्त्री खड्काले भने,“मन्त्रालयअन्तर्गतका निकायमा अझै पनि चित्तबुझ्दो प्रगति हासिल गर्न सकिएको छैन । यसमा गम्भीर भएर काम गरौँ ।”

कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरे मात्र हामीले लिएको लक्ष्य हासिल गर्न सहज हुने उनको भनाइ थियो । “कर्मचारी स्थायी सरकार भन्छौँ, काम स्थायी देखिँदैन, आफूले पाएको जिम्मेवारीलाई इमान्दारपूर्वक निर्वाह गरौँ”, मन्त्री खड्काले भने ।

उनले चाँडै नै बर्सात सुरुआत हुन लागेकाले यसबाट हुने जोखिम न्यूनीकरणका लागि सूचना प्रवाहलाई जनस्तरसम्म पु¥याउन जल तथा मौसम विज्ञान विभागलाई निर्देशन दिए ।

बैठकमा राज्यमन्त्री खमबहादुर गर्बुजा, ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, मन्त्रालयका सहसचिवलगायत मातहतका निकायका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।

बैठकमा मन्त्रालय र मन्त्रालय मातहतका निकायमा वैशाख मसान्तसम्म भएको भौतिक तथा वित्तीय प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ७ : ४२ बजे

जेनजी प्रदर्शनका क्रममा काठमाडौं महानगरमा ६३ लाखको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका

सुर्खेतमा खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

सुर्खेत – पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

सिरहा – लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय मिर्चैया,

दसैँ बिदामा कृष्णपुर स्वास्थ्यचौकीमा २४सै घण्टा आकस्मिक स्वास्थ्य सेवा

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर स्वास्थ्यचौकीमा दसैँको सार्वजनिक बिदामा पनि २४

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न

काठमाडौं – नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखको भौतिक