भेडेटारको स्काइवाकमा वर्षा शिवाकोटी, भन्छिन्- डरसँगै खुसीको अनुभव भयो « Khabarhub

भेडेटारको स्काइवाकमा वर्षा शिवाकोटी, भन्छिन्- डरसँगै खुसीको अनुभव भयो


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

भेडेटार(धनकुटा)– चर्चित नायिका वर्षा शिवाकोटी धनकुटाको भेडेटारमा रहेको स्काइवाकमा पुगेकी छन् । उनले स्काइवाकमा हिँड्दा डरसँगै खुसीको अनुभव भएको बताइन् ।

चलचित्रको सुटिङको शिलशिलामा पूर्वको पर्यटकीय गन्तव्य मध्येको भेडेटारमा पुगेका बेला वन्डर्स ग्रुपले सञ्चालन गरेको स्काइवाकमा शिवाकोटी पुगेर मनोरञ्जन लिएकी हुन्।

वन्डर्स एम्युजमेन्ट पार्कस एण्ड अट्रयाक्सन्स प्रालिले निर्माण एवंम सञ्चालन गरेको स्काइवाक अवलोकन गर्दै शिवाकोटीले खुसी व्यक्त गरिन् ।

‘पर्यटनको अथक सम्भावना रहेको मुलुकमा यस्तो खालको संरचना बन्नु आफैँमा राम्रो हो,’ स्काइवाक अवलोकनपछि शिवाकोटीले भनिन् ‘डाडामा स्काइवाक बनाएर नयाँ गन्तव्यको रुपमा विस्तार गर्नु आफैमा सुखद पक्ष हो, सबैले साथ दिनुपर्छ।’

धनकुटाको साँगुरीगढी गाउँपालिका-४ र धरान उपमहानगरपालिका ६ को संगमस्थल भेडेटारस्थित चार्ल्स प्वाइन्टमा २० करोड रुपैयाँमा स्काइवाक निर्माण गरिएको हो। स्काइवाक निर्माणपछि यहाँको पर्यटकीय गतिविधि बढेको स्काइवाक भेडेटारका निर्देशन सुनिल भुसालले बताए।

स्काइवाकबाट भेडेघाटर बजार, धरानदेखि इटहरीसम्मको मनोरम दृश्य तथा चारकोसे झाडी, सानोपाथीभरा मन्दिर साँगुरीगढीलगायतको दृश्यावलोकन गर्न सकिन्छ। स्काइवाकको अनुभव लिनका लागि प्रतिव्यक्ति रु ५०० शुल्क तोकिएको छ।

स्काइवाकमा ३३ मिमि सिसाको प्रयोग गरिएको छ भने परियोजनामार्फत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब १०० जनाले रोजगारी पाएका छन् । यहाँ स्वदेशीसँगै भारतीय र बंगलादेशी पर्यटक आउने गरेको स्काइ वाक भेडेटारका प्रवन्ध निर्देशक सञ्जीव रोक्काले बताए ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ७ : ४४ बजे

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने

कांग्रेसमा वरिष्ठसहित चार उपसभापति रहने, एक महिला अनिवार्य

काठमाडौं– नेपाली कांग्रेसमा अब एक वरिष्ठ उपसभापति सहित चार जना

कांग्रेसमा तीन महामन्त्री, एक महिला अनिवार्य

काठमाडौं  – नेपाली कांग्रेसले पार्टीको विधान संशोधनमा अब तीनजना महामन्त्री

फलाखु खोलामा बेलीब्रिज जडान सुरु, दसैँअघि नै सञ्चालनमा ल्याउने

त्रिशूली– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएसँगै नुवाकोट र

न्यायपालिकामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौं – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वास