भेडेटारको स्काइवाकमा वर्षा शिवाकोटी, भन्छिन्- डरसँगै खुसीको अनुभव भयो « Khabarhub

भेडेटारको स्काइवाकमा वर्षा शिवाकोटी, भन्छिन्- डरसँगै खुसीको अनुभव भयो


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

भेडेटार(धनकुटा)– चर्चित नायिका वर्षा शिवाकोटी धनकुटाको भेडेटारमा रहेको स्काइवाकमा पुगेकी छन् । उनले स्काइवाकमा हिँड्दा डरसँगै खुसीको अनुभव भएको बताइन् ।

चलचित्रको सुटिङको शिलशिलामा पूर्वको पर्यटकीय गन्तव्य मध्येको भेडेटारमा पुगेका बेला वन्डर्स ग्रुपले सञ्चालन गरेको स्काइवाकमा शिवाकोटी पुगेर मनोरञ्जन लिएकी हुन्।

वन्डर्स एम्युजमेन्ट पार्कस एण्ड अट्रयाक्सन्स प्रालिले निर्माण एवंम सञ्चालन गरेको स्काइवाक अवलोकन गर्दै शिवाकोटीले खुसी व्यक्त गरिन् ।

‘पर्यटनको अथक सम्भावना रहेको मुलुकमा यस्तो खालको संरचना बन्नु आफैँमा राम्रो हो,’ स्काइवाक अवलोकनपछि शिवाकोटीले भनिन् ‘डाडामा स्काइवाक बनाएर नयाँ गन्तव्यको रुपमा विस्तार गर्नु आफैमा सुखद पक्ष हो, सबैले साथ दिनुपर्छ।’

धनकुटाको साँगुरीगढी गाउँपालिका-४ र धरान उपमहानगरपालिका ६ को संगमस्थल भेडेटारस्थित चार्ल्स प्वाइन्टमा २० करोड रुपैयाँमा स्काइवाक निर्माण गरिएको हो। स्काइवाक निर्माणपछि यहाँको पर्यटकीय गतिविधि बढेको स्काइवाक भेडेटारका निर्देशन सुनिल भुसालले बताए।

स्काइवाकबाट भेडेघाटर बजार, धरानदेखि इटहरीसम्मको मनोरम दृश्य तथा चारकोसे झाडी, सानोपाथीभरा मन्दिर साँगुरीगढीलगायतको दृश्यावलोकन गर्न सकिन्छ। स्काइवाकको अनुभव लिनका लागि प्रतिव्यक्ति रु ५०० शुल्क तोकिएको छ।

स्काइवाकमा ३३ मिमि सिसाको प्रयोग गरिएको छ भने परियोजनामार्फत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब १०० जनाले रोजगारी पाएका छन् । यहाँ स्वदेशीसँगै भारतीय र बंगलादेशी पर्यटक आउने गरेको स्काइ वाक भेडेटारका प्रवन्ध निर्देशक सञ्जीव रोक्काले बताए ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ७ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै