गृहमन्त्रीबारे निर्णय गर्न ओली–देउवा एक्लाएक्लै वार्तामा | Khabarhub Khabarhub

गृहमन्त्रीबारे निर्णय गर्न ओली–देउवा एक्लाएक्लै वार्तामा


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको पनि नाम जोडिएपछि त्यसबारे निर्णय गर्न ओली र देउवा एक्लाएक्लै छलफलमा जुटेका हुन् ।

यसअघि च्यासलमा नेकपा एमालेको सचिवालय बैठक सकिएलगत्तै बालुवाटारमा दुई सत्तारुढ दलका नेताबीच छलफल भएको थियो । त्यस लगत्तै ओली र देउवाबीच एक्ला एक्लै वार्ता भएको हो ।

यो बैठकमा भिजिट भिसा प्रकरणमा आफूले खटाएका कर्मचारी र सचिवालयकै सदस्यसमेत मुछिएपछि विवादमा परेका गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् ।

पछिल्लो समय मन्त्री लेखक भिजिट भिसा सेटिङमा मुछिँदा सरकारलाई घेराबन्दी भइरहेको छ । लेखकको राजीनामा मागिएको छ तर उनले कर्मचारीबाट बदमासी हुँदैमा राजीनामा नदिने अडान लिएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ८ : ३६ बजे

विपिनलाई खोज्न इजरायल पुगे आमा र बहिनी

काठमाडौं – हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग

गाईजात्रा महोत्सव : नाचघरमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ (तस्बिरहरू)

काठमाडौं – सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा शनिबारदेखि सुरु गरेको ‘गाईजात्रा

सुनसरी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

सुनसरी – सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

शंकर पोखरेलले भने : पार्टीका आन्तरिक विषय सम्बन्धित बैठकमा छलफल गर्नुपर्छ

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका आन्तरिक विषय