प्रेस स्वतन्त्रता सुदृढ हुँदा मात्रै लोकतन्त्र हुन्छ : एनपी साउद | Khabarhub Khabarhub

प्रेस स्वतन्त्रता सुदृढ हुँदा मात्रै लोकतन्त्र हुन्छ : एनपी साउद


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले नेपाल प्रेस युनियनले अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्नु राष्ट्रकै गौरवको विषय रहेको बताएका छन् ।

प्रेस युनियनको स्थापना दिवसको सन्दर्भमा युनियनको युरोप शाखाले गरेको विशेष कार्यक्रममा सम्बोधन गर्दै नेता साउदले अन्तर्राष्ट्रिय मिडिया सम्मेलन गरेर प्रेस युनियनले लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकटको क्षेत्रमा विश्वको धयान खिचेको बताए ।

प्रेस स्वतन्त्रता सुदृढ हुँदा मात्रै लोकतन्त्र बलियो हुने कांग्रेसको धारणा रहेको भन्दै उनले लोकतन्त्र संस्थागत गर्न नेपाली प्रेस जगतको भूमिका महत्त्वपूर्ण रहेको बताए।

कार्यक्रममा बोल्दै युनियनका अध्यक्ष शिव लम्सालले नेपाली सञ्चारक्षेत्रको अग्रणी संस्थाका रुपमा रहेको युनियनले साझा मुद्दामा अन्तर्राष्ट्रिय मिडिया जगतसँग सहकार्य गर्दै आएको बताए । युनियनले अन्तर्राष्ट्रिय पत्रकार महासंघसँगको सहकार्यमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विभिन्न कार्यक्रमहरु गरेको उल्लेख गरे ।

युनियनले स्थापनाकालदेखि नै श्रमजीवी पत्रकारको हितमा आफूलाई क्रियाशील राखेको भन्दै अध्यक्ष लम्सालले लोकतन्त्र र प्रेस स्वतन्त्रताका सवालमा कसैसँग सम्झौता नगरिने बताए ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  १० : ४५ बजे

समाचार सङ्कलनमा खटिइएका चार पत्रकार घाइते 

काठमाडौं– ‘जेनजी’ प्रदर्शनको समाचार सङ्कलनमा खटिएका चार पत्रकार घाइते भएका

खेलकुदमन्त्रीले भने- जेनजी पुस्तालाई समेट्ने किसिमको युवा नीति ल्याएका छौँ

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक

‘मानव अधिकार आयोगको गाडीमा आगजनी’

काठमाडौं– जेन-जी प्रदर्शनको अनुगमन गर्न गएको राष्ट्रिय मानव अधिकार आयोगको

‘जेनजी’को माग तत्काल सम्बोधन गर्न माओवादीको आग्रह 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी’ पुस्ताले उठाएका माग

प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरपालिका कार्यालय भवन

काठमाडौं- प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेका छन् ।