पाँच शतक प्रहार गरेको टेस्ट सिरिजमा भारत पराजितः इङ्ग्ल्यान्ड पाँच विकेटले विजयी « Khabarhub

पाँच शतक प्रहार गरेको टेस्ट सिरिजमा भारत पराजितः इङ्ग्ल्यान्ड पाँच विकेटले विजयी


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

लिड्स – इङ्ग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टमा पाँच विकेटको जित हात पारेको छ। भारतले दिएको ३७१ रनको लक्ष्य इङ्ग्ल्यान्डले पाँचौँ दिन पाँच विकेटको क्षतिमा पुरा गरेको हो। एन्डरसन तेन्दुलकर ट्रफीमा इङ्गल्यान्डले ८२ ओभरमा नै लक्ष्य पुरा गरेको हो। विजयी टोलीका लागि बेन डकेटले १४९ रनको शतकस्उ पारी खेले।

यो जितले टस जितेर पहिले फिल्डिङ गर्ने कप्तान बेन स्टोक्सको निर्णयले इङ्ल्यान्डलाई फाइदा भएको पुष्टि गर्छ। भारत भने दुई पारीमा कुल पाँच शतक प्रहार गरेर पनि पराजित भएको छ।

भारतका लागि पहिलो पारीमा कप्तान शुभमन गिल, ओपनर यशस्वी जैसवाल र ऋषभ पन्त र दोस्रो पारीमा केएल राहुल र ऋषभ पन्तले शतक प्रहार गरे। इङ्ग्ल्यान्डसँगको हारले यी पाँच शतक भारतको टिमको लागि रेकर्डमा मात्र सीमित भएका छन्।

शतक प्रहार गरेपछि भारतका कप्तान शुभमन गिल। क्रिकइन्फो

यो सिरिजमा भारतको पुछारका ब्याट्सम्यान पूर्ण रूपमा असफल रहे। भारतले पहिलो पारीमा ४१ रनमा पछिल्लो ७ विकेट गुमाएको थियो भने दोस्रो पारीमा ३१ रनमा पछिल्लो ६ विकेट गुमाएको थियो।

शुभमन गिलको नेतृत्वमा नयाँ अध्यायको शानदार सुरुवात गर्ने अवसरबाट भारत चुकेको छ। भारतले पहिलो पारीमा ४७१ रन बनाउँदा इङ्गल्यान्डले ४६५ रन बनाएको थियो।

दोस्रो पारीमा भारतले ३६४ रन जोडेको हो। अन्तिम पारीमा इङ्गल्यान्डका लागि ज्याक क्रोलीले ६५ रन जोडे। क्रोली र डकेटले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए। जो रुट ५३ रनमा अविजित रहे।
बेन स्टोक्सले ३३ रन जोडे। रवीन्द्र जडेजाको बलमा छक्का प्रहार गर्दै खेलको अन्त्य गरेका जेमी स्मिथले ४४ रन जोडे।

भारतविरुद्धको टेस्ट सिरिजको उपाधिका लागि इङ्ग्ल्यान्डका लागि दुई शतक प्रहार भए। पहिलो पारीमा ओली पोपले १०६ रन बनाए भने बेन डकेटले दोस्रो पारीमा १४९ रन बनाए। पहिलो पारीमा ६२ रनको शानदार अर्धशतक बनाएका उनी सिरिजको म्यान अफ द म्याच बने।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : १९ बजे

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको