पाँच शतक प्रहार गरेको टेस्ट सिरिजमा भारत पराजितः इङ्ग्ल्यान्ड पाँच विकेटले विजयी « Khabarhub

पाँच शतक प्रहार गरेको टेस्ट सिरिजमा भारत पराजितः इङ्ग्ल्यान्ड पाँच विकेटले विजयी


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

लिड्स – इङ्ग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टमा पाँच विकेटको जित हात पारेको छ। भारतले दिएको ३७१ रनको लक्ष्य इङ्ग्ल्यान्डले पाँचौँ दिन पाँच विकेटको क्षतिमा पुरा गरेको हो। एन्डरसन तेन्दुलकर ट्रफीमा इङ्गल्यान्डले ८२ ओभरमा नै लक्ष्य पुरा गरेको हो। विजयी टोलीका लागि बेन डकेटले १४९ रनको शतकस्उ पारी खेले।

यो जितले टस जितेर पहिले फिल्डिङ गर्ने कप्तान बेन स्टोक्सको निर्णयले इङ्ल्यान्डलाई फाइदा भएको पुष्टि गर्छ। भारत भने दुई पारीमा कुल पाँच शतक प्रहार गरेर पनि पराजित भएको छ।

भारतका लागि पहिलो पारीमा कप्तान शुभमन गिल, ओपनर यशस्वी जैसवाल र ऋषभ पन्त र दोस्रो पारीमा केएल राहुल र ऋषभ पन्तले शतक प्रहार गरे। इङ्ग्ल्यान्डसँगको हारले यी पाँच शतक भारतको टिमको लागि रेकर्डमा मात्र सीमित भएका छन्।

शतक प्रहार गरेपछि भारतका कप्तान शुभमन गिल। क्रिकइन्फो

यो सिरिजमा भारतको पुछारका ब्याट्सम्यान पूर्ण रूपमा असफल रहे। भारतले पहिलो पारीमा ४१ रनमा पछिल्लो ७ विकेट गुमाएको थियो भने दोस्रो पारीमा ३१ रनमा पछिल्लो ६ विकेट गुमाएको थियो।

शुभमन गिलको नेतृत्वमा नयाँ अध्यायको शानदार सुरुवात गर्ने अवसरबाट भारत चुकेको छ। भारतले पहिलो पारीमा ४७१ रन बनाउँदा इङ्गल्यान्डले ४६५ रन बनाएको थियो।

दोस्रो पारीमा भारतले ३६४ रन जोडेको हो। अन्तिम पारीमा इङ्गल्यान्डका लागि ज्याक क्रोलीले ६५ रन जोडे। क्रोली र डकेटले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए। जो रुट ५३ रनमा अविजित रहे।
बेन स्टोक्सले ३३ रन जोडे। रवीन्द्र जडेजाको बलमा छक्का प्रहार गर्दै खेलको अन्त्य गरेका जेमी स्मिथले ४४ रन जोडे।

भारतविरुद्धको टेस्ट सिरिजको उपाधिका लागि इङ्ग्ल्यान्डका लागि दुई शतक प्रहार भए। पहिलो पारीमा ओली पोपले १०६ रन बनाए भने बेन डकेटले दोस्रो पारीमा १४९ रन बनाए। पहिलो पारीमा ६२ रनको शानदार अर्धशतक बनाएका उनी सिरिजको म्यान अफ द म्याच बने।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : १९ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त