इन्टलिजेन्स रिपोर्ट बाहिरिएको समाचारपछि ट्रम्पका दूतले लगाए देश द्रोहको आरोप « Khabarhub

इन्टलिजेन्स रिपोर्ट बाहिरिएको समाचारपछि ट्रम्पका दूतले लगाए देश द्रोहको आरोप


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – इरानको आणविक केन्द्रमा भएको अमेरिकी बम आक्रमणको मूल्याङ्कनको विषयमा पेन्टागनको रिपोर्ट बाहिरिएपछि ट्रम्प प्रशासनका विभिन्न ओहदाका व्यक्तिको प्रतिक्रिया आउनेक्रम जारी नै छ।

मध्यपूर्वका अमेरिकी दूत स्टिफ विटकोफले यसलाई देश द्रोहको संज्ञा दिएका छन्। फक्स न्युजसँग कुरा गर्दै उनले यो छानबिनको विषय समेत भएको बताए। उनले तीन वटै आणविक केन्द्र नष्ट भएको कुरामा कुनै शङ्का नभएको बताए।

फक्स न्युजसँगको अन्तरवार्तामा विटकोफको भनाइको क्लिप नै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। ‘हामीले फोर्डोमा १२ बङ्कर बस्टर बम हानेका छौँ। यसले क्षमता अनुसार काम गरेको कुरामा कुनै शङ्का छैन। त्यो पूर्ण क्षति भएको कुरामा पनि शङ्का छैन,’विटकोफको भनाइलाई ट्रम्पले पोस्ट गरेका छन्।

सञ्चार माध्यमका अहिले लिक भएको भनिएको रिपोर्ट भने फरक छ। पेन्टागनको प्रारम्भिक रिपोर्ट अनुसार पुरै नास नभएको भन्दै सिबिसी लगायत सञ्चार माध्यमले जनाएको थिए।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : १३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले