क्लब विश्वकप : म्युनिखलाई हराउँदै बेनफिका दोस्रो चरणमा « Khabarhub

क्लब विश्वकप : म्युनिखलाई हराउँदै बेनफिका दोस्रो चरणमा


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेनफिकाले वायरन म्युनिखलाई १-० ले हराउँदै फिफा क्लब विश्वकपमा पहिलो स्थान सहित समूह चरण पार गरेको छ।

अमेरिकाको उत्तरी क्यारोलिनामा साँझ ३६ डिग्री सेल्सियसको गर्मीमा भएको सो खेलमा दुवै टोलीले कमजोर देखिएका थिए।

१३ औँ मिनेटमा आन्द्रे स्केल्डरप्सको गोलमा बेनफिकाले अग्रता लिएको थियो। सो अग्रतालाई अन्तिमसम्म जोगाएर बेनफिका अन्तिम १६ मा प्रवेश गरेको हो।

पराजित वायरन म्युनिख समूहमा दोस्रो भएको छ। विजयी बेनफिकाले दोस्रो चरणमा समूह डिका दोस्रो हुने टोलीको सामना गर्ने छ।

बुधबार हुने चेल्सी र इएस ट्युनिस बीचको खेलले सो समूहको दोस्रो हुने टोलीको टुङ्गो लगाउने छ।

यसअघि बोका जुनियरलाई २-१ ले हराएको टोलीबाट वायरन म्युनिखले ७ खेलाडीलाई आराम दिएको थियो।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : ५९ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२