उपल्लो मुस्ताङका किसानलाई स्याउका बिरुवामा अनुदान « Khabarhub

उपल्लो मुस्ताङका किसानलाई स्याउका बिरुवामा अनुदान


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय औसत तापमान वृद्धिसँगै उपल्लो मुस्ताङमा स्याउखेती फस्टाउन थालेको छ । जलवायु परिवर्तनले मौसमी तापमान वृद्धि हुँदै जाँदा पछिल्लो समय उपल्लो मुस्ताङमा किसानले स्याउखेती सुरु गरेका छन् ।

जलवायु परिवर्तनको असरले समुद्री सतहको करिब तीन हजार मिटरसम्मको उचाइमा गरिएको स्याउखेती अहिले उपल्लो मुस्ताङको समुद्री सतहको चार हजार मिटरको उचाइसम्म नै स्याउखेती हुन थालेको छ । तल्लो मुस्ताङमा हुने शीतोष्ण फलफूलमध्येको स्याउखेती उपल्लो मुस्ताङमा सप्रिन थालेपछि त्यहाँका किसान उत्साहित भएका छन् । अहिले त्यहाँ स्याउखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।

यहाँका किसानलाई स्याउखेतीतर्फ आकर्षित गर्दै स्याउ हबका रूपमा विकास गर्ने योजनासहित लोमान्थाङ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटमै समावेश गरेर स्याउको बिरुवा खरिद गर्ने किसानलाई अनुदान दिनेगरी बजेट विनियोजन गरेको अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । लोमान्थाङ गाउँपालिका १६औँ गाउँसभाको पालिकाले कृषि प्रणालीको बृहत्तर विकास गर्नेगरी स्याउखेती विस्तार गर्ने रणनीति लिएको उनको भनाइ छ ।

अध्यक्ष गुरुङका अनसार लोमान्थाङले किसानले उत्पादन गरेको कृषि उपज सहज बजारीकण गर्न सहजीकरण गर्ने नीति लिएको छ । यहाँका किसानलाई उत्पादनमा आधारित आलु, फापरलगायतका उत्पादनलाई गाउँपालिकाले निश्चित मापदण्ड राखेर बढी उत्पादन गर्ने किसानलाई अनुदान दिएर प्रोत्साहन गराइने छ ।

आगामी आर्थिक वर्षदेखि गाउँपालिकाभित्रका किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्ने र त्यसो हुन नसकेमा किसानको उत्पादन गाउँपालिकाले खरिद गरी बजारमा लगेर बिक्री गर्ने व्यवस्था मिलाउने अध्यक्ष गुरुङको भनाइ छ । यसका लागि तत्काल प्रारम्भिक चरणमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

लोमान्थाङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३२ करोड ६० लाख रुपैयाँ बराबरको बजेट खाका तयार गरेको छ । जसमा चालुतर्फ ११ करोड ७४ लाख र पुँजीगततर्फ २० करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । (रासस)

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ११ : ३२ बजे

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई