जनप्रशासन क्याम्पसबाट नक्कली परीक्षार्थी पक्राउ « Khabarhub

जनप्रशासन क्याम्पसबाट नक्कली परीक्षार्थी पक्राउ


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

नक्कली परीक्षार्थी बनेर एमपिए तेस्रो सेमेस्टरको परीक्षा दिएको आरोपमा जुम्लाको चन्दननाथ नगरपालिका ८ घर भई काठमाडौं महानगरपालिका ४ धुम्वाराही बस्ने २६ वर्षीय केशव रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका १४ स्थित रहेको जनप्रशासन क्याम्पसमा केशवले दान बहादुर रोकायाको परीक्षा दिएको भन्ने थाहा पाएपछि प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

उनलाई शिक्षा सम्बन्धी ऐन कसूर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भई सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  १ : ४२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ